eNepal

रोयल वेस्टर्न क्लबले चुम्यो तेस्रो कँडेल फुटसल प्रतियोगिताको उपाधि

एनआरएनए अष्ट्रेलियाको भिक्टोरिया राज्य समितिले आयोजना गरेको तेस्रो कँडेल फुटसल प्रतियोगिताको उपाधि रोयल वेस्टर्न क्लबले जितेको छ। गत शनिवार मेल्बर्नको ब्रेब्रुक फुटसल मैदानमा भएको फाईनल खेलमा चन्द्र सूर्य फुटवल क्लवलाई हराउँदै रोयल वेस्टर्न क्लवले उपाधि चुमेको हो। 

प्रतियोगितामा उच्चतम ६ गोल गर्दै चन्द्र सूर्य एफसीका किस्मत कुँवर उच्चतम स्कोरर बन्न सफल भए भने रोयल वेस्टर्न क्लबका अनिश कार्कीले टूर्नामेंट भरि असाधारण कौशल प्रदर्शन गर्दै प्रतियोगिताको उत्कृष्ट खेलाडी बने।

रोयल वेस्टर्न क्लबका निर्देश पौडेलले उत्कृष्ट गोलकिपिङ क्षमता प्रदर्शन गर्दै केही अविश्वसनीय शटहरू बचाउँदै उत्कृष्ट किपर ठहरीए भने मैदान भित्र र बाहिर दुबै ठाउँमा उत्कृष्ट खेलकुद र अनुशासन प्रदर्शन गर्दै ईपिङ उलर्ट नेप्लिज कम्युनिटी स्पोर्ट्स क्लव सबैभन्दा अनुशासित टोली बन्न सफल भयो।

पुरस्कार वितरण कार्यक्रममा एनआरएनए आइसीसी उपाध्यक्ष दुर्गा आचार्य, एनआरएनए अष्ट्रेलिया भिक्टोरिया राज्यका संयोजक तथा अष्ट्रेलिया उपाध्यक्ष हरि खड्का, नेपाल फुटबल संघ (एन्फा)का साहायक महासचिव बसन्तराज अर्याल, कँडेल कन्सलटेन्टसीका निर्देशक राज कँडेल र एनआरएनए भिक्टिोरियाका पदाधिकारीहरू र नेपाली संघ–सस्थाका पदाधिकारीहरू लगायतको उपस्थिति रहेको थियो।

चन्द्र सूर्य एफसी, एपीङ्ग ओलर्ट नेपाली कम्युनिटी, गुल्मी टाइगर्स, रोयल वेस्टर्न क्लब एभरग्रिन, रोयल वेस्टर्न क्लब ब्ल्यु, रोयल वेस्टर्न क्लब ह्वाइट, यूनाइटेड एफसी, हिमालयन टाइगर्स, थन्डर ड्रागन ए, थन्डर ड्रागन बी, रोयल एफसी र येती एफसी गरेर १२ टिमले सहभागिता जनाएका थिए। 

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal