eNepal

ग्रेस इन्टरनेशनलको शाखा बिस्तार, मेल्बर्नको ग्लेनरोयमा खुल्यो अर्को शाखा

ग्रेस इन्टरनेशनल एजुकेशन एण्ड माइग्रेसनले मेल्बर्नको ग्लेनरोयमा आफ्नो शाखा बिस्तार गरेको छ। गत शुक्रबार जुन ३० जुन २०२३ का दिन ग्लेनरोय स्थित आफ्नै भवनमा शाखाको औपचारिक उद्घाटन समारोह आयोजना गरिएको थियो। यो शाखा मेलबर्नमा दोस्रो र अष्ट्रेलियामा ८ औं आउटलेट हो।

समारोहमा ५० भन्दा बढी शिक्षा प्रदायक, समुदायका अगुवा, विद्यार्थी र शुभचिन्तकहरुको उपस्थिति रहेको थियो।

उद्घाटन समारोहमा ग्रेस इन्टरनेशनल मेलबर्नका निर्देशक दीपक आचार्यले स्वागत मन्तव्य राख्दै कार्यक्रमको महत्वलाई प्रकाश पार्दै ग्रेसले विद्यार्थीलाई अझ सजिलो र शुलभ तरिकाले सेवा सुबीधा गरिरहने प्रतिबद्धता व्यक्त गरे। 

कार्यक्रममा विभिन्न विश्वविद्यालयका प्रतिनिधिहरू, उच्च शिक्षा प्रदायकहरू, VET/TAFE र सामुदायिक अगुवाहरूले शुभकामना व्यक्त गरे। उनीहरूले ग्रेस ईन्टर्नेश्नलले प्रदान गर्दै आएका प्रतिबद्ध सेवाहरूका साथै विद्यार्थी र समुदायलाई पनि सहयोग गरेकोमा प्रशंसा गरेका थिए।

ग्रेस इन्टरनेशनलका प्रबन्ध निर्देशक तथा संस्थापक रामचन्द्र पौडेलले उपस्थित सबै पाहुनाहरुलाई धन्यवाद ज्ञापन गर्दै ग्रेस इन्टरनेशनलको गौरवशाली इतिहासको स्मरण गरे । ग्रेसको १७ वर्षको यात्रामा शिक्षा प्रदायक, विद्यार्थी र समुदायको सहयोग अतुलनीय रहेको भन्दै उनले ग्रेस ईन्टर्नेश्नल शिक्षा र आप्रवासन सेवाको क्षेत्रमा भरपर्दो नाम हुन सफल भएको बताए। साथै ग्रेसमा कार्यरत कर्मचारीलाई उनीहरूको अथक परिश्रम र समर्पणका लागि धन्यवाद पनि दिए। ग्रेसको ७ विभिन्न देशहरूमा २७ आउटलेटहरू छन्। 

कार्यक्रमको संचालन ग्रेस इन्टरनेशनल मेलबर्नका माइग्रेसन एण्ड भिसा सर्भिसेसका प्रमुख प्रकाश रेग्मीले गरेका थिए ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal