eNepal

मेल्बर्नमा खुल्यो पहिलो नेपाली रोधी घर, हरेक शनिवार र आईतवार प्रत्यक्ष दोहीरी घन्किने

अग्रजलाई सम्मान, नयाँलाई प्रोत्साहन भन्ने मूल मन्त्रलाई अँगाल्दै मेल्बर्नमा नेपाली रोधी घर सन्चालनमा आएको छ। नेपाली समुदाएको बाक्लो बसोबास रहेको मेल्बर्नको उत्तरी क्षेत्रको मोरलैण्ड क्षेत्रमा मेल्बर्न निवासी शंकर थापा र डि बी थापाले सो रोधी घर सन्चालनमा ल्याएका हुन्।

बरिस्ठ गाएक, सर्जक एवम् रास्ट्रिय लोक तथा दोहोरी प्रतिस्ठान नेपालका निबर्तमान अध्यक्ष रमेश बिजीको प्रमुख आतिथ्यमा गएको १७ जूनमा सो रोधी घरको भव्य उद्घाटन गरिएको थियो। उद्घाटन कार्यक्रममा लोक दोहोरी गायिकाहरु मायाँ गुरुङ र अप्सरा बानीयाँ एवम् लोक गाएक दिनेश थापा, लोक गाएक एवम् बाध्यबाधक डि.बी कालीज, गम न्यौपाने, प्रकाश सापकोटा लगाएतको उपस्थिती रहेको थियो।

बिशेष अतिथी रमेश बिजी र संचालक द्वय शंकर थापा र बिराज थापाले संयुक्त रुपमा रिवन काटेर साईनो रोधी घरको औपचारीक उद्घाटन गर्नु भएको थियो। गायक दिनेश थापाले सन्चालन गर्नु भएको उक्त कार्यक्रममा एनआरएनए भिक्टोरीयाका पदाधीकारीहरु, मेल्बर्नमा सक्रिय बिभीन्न सँघ संस्थाका व्यक्ति बिशेष सहित अन्य लोक गीत सङ्गीत पारखीहरुको उपस्थिती रहेको थियो।

कार्यक्रमको उद्घाटन लगत्तै बिशेष अतिथी रमेश बिजीले कार्यक्रममा बोल्दै साईनो रोधी घरलाई निरन्तर संचालन र प्रगतीको शुभकामना व्यक्त गर्नु भएको थियो। संचालक शंकर थापाले अतिथी कलाकार सहित सम्पूर्ण उपस्थित व्यक्ति बिशेषहरुलाई  स्वागत गर्नु भएको थियो। अर्का सन्चालक बिराज थापाले नेपाली गीत सङ्गीत, लोक गीत र कला संस्कृतीलाई अस्ट्रेलीयामा पनि यसको महिमा र महत्व झल्काउन साईनो साईनो रोधी घरको शुरुवात गरिएको प्रस्ट पार्नु भयो। 

अव उप्रान्त हरेक हप्ताको शनीवार र आईतवार शान्त पारिवारीक वाताबरणमा बिभीन् रास्ट्रीय कलाकारहरुको प्रस्तुती सहित दोहोरी सन्चालन हुनेछ।संचालन बिराज थापा आफैपनि बिगत पन्ध्र बर्षदेखी लोक गात सङ्गीतमा आबद्द गायक सर्जक हुन्।

बिशेष अतिथी रमोश बिजी, सन्चालक बिराज थापा सहित सम्पुर्ण कलाकारहरुको प्रत्यक्ष दोहोरीमा उपस्थित सबैजाना मस्तसँग झुमेका थिए।

 

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal