eNepal

मेल्बर्नका सिद श्रेष्ठले दिए एनआरएन भिक्टोरीया राज्य युवा संयोजकमा उम्मेदवारी

एनआरएनए अष्ट्रेलियाको भिक्टोरीया राज्य युवा संयोजकमा भिक्टोरीया निवासी सिद श्रेष्ठले उम्मेदवारी दिदै छन्। एनआरएनए अष्ट्रेलियाको आगामी कार्यसमितिका लागि हुन गइरहेको निर्वाचनका लागि सिद श्रेष्ठले आफ्नो उम्मेदवारी दिएको घोषणा गरेको जानकारी दिएका हुन। श्रेष्ठले एससीसी युथ कोअडीनेटर पदका लागि उम्मेदवारी दर्ता गराएको हुन्। निर्वाचन जुलाई २९ तारिकमा हुँदैछ ।

उम्मेदवारी घोषणा गदै श्रेष्ठले आउदो कार्यकाल २०२३-२०२५ का लागि आफ्ना एजेण्डाहरु र  प्रतिबद्दताका बारे बताउँदै एनआरएनए अभियानमा रहेर समुदायको सेवा गर्ने चाहना पुरा गर्नका लागि नेपाली समुदाएको सहयोगको अपेक्षा गरेको बताए ।

श्रेष्ठ अस्ट्रेलीयन नेपाली समुदाएमा चिरपरिचीत नाम हो। उनी खेलकुदमा उत्तीकै चासो राख्ने व्यक्तिका रुपमा चिनिन्छन्।

अन्तर्राष्ट्रिय विद्यार्थीको रूपमा अस्ट्रेलिया आएका सिदराजनीति र नीति शास्त्रका ग्रेजुएट हुन्।विद्यालयकालदेखि नै नेपालका धेरै सामाजिक संघसंस्थामा काम गरेको अनुभव उनीसँग छ।

भिक्टोरियामा धेरै सामाजिक संस्थाहरूमा स्वयम्सेवीको रुपमा आबद्द सिद भिक्टोरियाका लगभग हरेक नेपाली सामाजिक गतिविधि र कार्यक्रमहरूमा सहयोग र सहभागिता जनाउँदै आएका छन्

एनआरएनए अष्ट्रेलिया विद्यार्थी सल्लाहकार परिषदमा सचिवको रूपमा कार्यरत उनले धेरै नेपाली अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई मद्दत गरी सकेका छन्। डेकिन विश्वविद्यालयमा विद्यार्थी राजदूतको रूपमा काम गरेका श्रेष्ठले लगभग ६०००० विद्यार्थीहरूको हेरचाह गर्ने अष्ट्रेलियाको सबैभन्दा ठूलो विद्यार्थी संगठन, डेकिन विश्वविद्यालय विद्यार्थी संघको उपाध्यक्षको रूपमा काम गर्दै आएका छन् जून सम्भवत: संस्थाको उपाध्यक्ष हुने पहिलो नेपाली हुन्।

त्यस्तै कोभीड माहामारी पछि बिशेष गरेर अन्तरास्ट्रीय बिधार्थीहरुमा देखिएको मानासिक, शारिरिक र आर्थिक समस्यालाई नजिकबाट नियाल्दै राहत सहयोगमा लागि परेका थिए भने कोभीडको समयमा बिधार्थीहरुलाई जागरूकता अभियान चलाएर समाजलाई सकारात्मक सन्देश बाँढेका थिए।

बिदेशमा रहेर आफ्नो घर परिवार अनि ब्यस्त दैनिकीको बाबजुद पनि केही समय छुट्टाएर समाज र समुदाएको लागि केही गर्छु भन्ने भावना जागृत हुनु सब भन्दा ठूलो कुरा हो।आफु कर्म र क्षमतालाई प्रस्तुत गर्नु एनआरएनए उपयुक्त माध्यम रहेको छ। अस्ट्रेलीयाको नेपाली समुदाए र नेपालमा भैपरि आउने संकटमा सदैव अग्रसर सिद श्रेष्ठ भिक्टोरीयाको नेपाली समुदाए बिच सक्रिय र क्रियाशिल युवाका रुपमा चिरपरिचित छन्।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal