eNepal

फेन्काले सगरमाथा दिवसको अबसर पारेर मेल्बर्नमा बिशेष कार्यक्रम आयोजना गर्दै

सर्वोच्च शिखर सगरमाथामा पहिलो मानव पाइला पुगेको सम्झनामा अस्ट्रेलीयाको मेल्बर्न राज्यमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस विशेष कार्यक्रम आयोजना हुने भएको छ। 

२८ मे आइतबार बिहान दश बजेबाट सुरुवात हुने बिशेष कार्यक्रम मेल्बर्नको यारा रिभर लिनीयर रिजर्भमा हुनेछ।  सगरमाथाको प्रवर्द्धन गर्न र जलवायु परिवर्तन, ग्लोबल वार्मिङ र वातावरणीय प्रभावहरू जस्ता चेतनामूलक क्षेत्रहरू प्रवर्द्धन गर्न यारा रिभरमा ५ किलोमिटर पदयात्राका साथै आयोजना गरिने कार्यक्रम संयोजक भोला गिरीले जानकारी गराउनु भयो।

सगरमाथाको सामाजिक-जलवायु वातावरणको संरक्षणलाई प्रवर्द्धन गर्न वर्तमान र भावी पुस्तालाई “सगरमाथाको संरक्षण गरौं” भन्ने मूल नाराका साथ यो कार्यक्रम आयोजना गर्न लागिएको हो।

पहिलो सत्र बिहान १० बजे देखि २ बजे सम्म जागरूकता, शारीरिक गतिविधिहरूको साथमा यारा रिभर लिनियर रिजर्भ वरपर ५ किमी पैदल यात्रामा केन्द्रित हुनेछ र भने दोश्रो सत्रमा बार्बेक्युको साथमा सगरमाथा चित्रकला प्रदर्शनी हुनेछ।

https://facebook.com/events/s/international-everest-day-cele/1011649320178872/

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal