eNepal

एएनएमसीले फन्डरेजर गाला डिनर कार्यक्रम गर्दै, सामुदायीक भवन जुलाईबाट खुल्ला गरिदै

अस्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (ANMC) ले हालको संरचनाको नवीकरण गर्नका साथै पूजा अनि ध्यान केन्द्र स्थापना गर्न कोष जुटाउन हेतुले आगामी २० मे, २०२३ मा ईस्टोनियान हाउसमा फन्डरेजर नाइटको कार्यक्रम आयोजना गर्दैछ।

कार्यक्रमको बारे जानकारी गराउँदै अध्यक्ष गान्धी प्रसाद भट्टराईले नेपाली सामुदायीक केन्द्रमा दैनिक कार्यहरू सुरु हुनु अघि यो अन्तिम कोष सङ्कलनको कार्यक्रम रहेकोले सबै समुदाएलाई एकजुट भई साथ र सहयोग गरी दिनु हुन अनुरोध गर्नु भएको छ।

उहाँले मन्दिर, गुम्बा, खेलकुद स्थल र सामुदायिक केन्द्र निर्माणको हिस्सा बन्न पाउनु जीवनको एक पटक ठूलो अवसर हुने र भावी पुस्ताहरूका लागि कोशेडुङ्गा सावित हुने बताउँदै प्रवासमा नेपालको संस्कृति, परम्परा र भाषाको पहिचान जोगाउन मद्दत गर्ने धारणा ब्यक्त गर्नु भयो।

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र एएनएमसीले स्थानीय बहुसांस्कृतिक समुदायसँग मिलेर यो कार्यलाई अगाडी बढाएको हो।

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र एएनएमसीमा एक सामुदायिक केन्द्र सहित हिन्दू मन्दिर, बुद्ध मन्दिरका अलावा खेलकुद / मनोरन्जन ठाउँ, पशुपतिनाथ मन्दिर, बुद्ध स्तुपाका साथै भविष्यमा सम्भावित आश्रमहरुको निर्माणको लक्ष्य राखेको छ।

अस्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टरले आफ्नो मूल उद्धेस्य प्राप्तीको लागि १०० डनकान्स लेन, डिग्गर्स रेस्टमा ४ कोठा सहितको घर भएको करीब १५ एकर (६.०७ हेक्टर) जग्गा  किनिसकेको छ । हाल उक्त भवनलाई अस्ट्रेलियन सरकारद्धारा प्राप्त आर्थिक सहयोगमा मर्मत सम्भार गरी मूल उद्धेस्य प्राप्त नहुन्जेलसम्मको लागि मन्दिरको रुपमा प्रयोग गर्न मिल्ने गरी काम भैराखेको छ ।

https://www.trybooking.com/events/landing/1056565?eid=1056565&&mibextid=Zxz2cZ&fbclid=IwAR2AaHLYaEiee9AqlX4A2IEUvGRLf2RnLo5dunEKbEp_chMhTAol3WlaC24

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal