eNepal

नेप्लिज नेबरहुड कम्युनिटीको बार्षिक साधारण सम्पन्न, अध्यक्षमा कृष्ण महरा चयन

मेल्बर्नको थोमस्टाउन ल्यालोर तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको संस्था नेप्लिज नेबरहुड कम्युनिटी ले हालै आफ्नो बार्षिक साधारण सम्पन्न गरेको छ। 

प्रकाश रेग्मी द्वारा संचालित कार्यक्रममा न्याभका अध्यक्ष प्रेम उप्रेती, पुर्व अध्यक्ष तारा गैरे, नेबरहुड कम्युनिटीकि अध्यक्ष अमृता गुरुङ, उपाध्यक्ष प्रकाश चालिसे तथा सल्लाहाकार पिताम्बर कोइरालाले कार्यक्रम सफलताको शुभकामना पनि दिनु भयो। कार्यक्रममा कोषाध्यक्ष होमनाथ रिजालबाट प्रस्तुत आर्थिक प्रतिबेदनलाई भेलाले पास गर्दै कृष्ण महराको नेतृत्वमा नयाँ कार्यसमितिको चयन पनि गर्यो ।

निर्वाचन सम्पन्न गर्न भोला गिरि, सुरेन्द्र शेढाइ, सुधिर शाक्य तथा लोकराज पौडेल रहेको निर्वाचन समिति गठन गरिएको थियो तर सम्पुर्ण कार्यसमितिका सदस्यहरु निर्बिरोध हुनु भएको थियो। नयाँ कार्यसमितिमा उपाध्यक्ष विश्व खनाल, सचिब निर्दोष गिरि, सह सचिब सुनिल अनु , कोषादक्ष्य होमनाथ रिजाल र सदस्यहरुमा सुष्मिता ढकाल, जमुना रिजाल अधिकारी, गोबिन्द कंडेल, धुर्ब मल्ल, अनुज श्रेष्ठ, प्रतिमा खड्का, अरुण गैरे, सन्तोष पाण्डे , धर्मराज भट्टराई, रोहित बस्नेत, शिखा ढकाल तथा शर्मिला श्रेष्ठ निर्वाचित हुनु भएको छ।

नया कार्यसमितिले संस्थाको सल्लहाकारमा आत्मा रिजाल , अमृता गुरुङ, पिताम्बर कोइराला, प्रकाश चालिसे, सुरेन्द्र शेढाइ, सुधिर शाक्य, लोकराज पौडेल र भोला गिरी लाई चयन गर्दै कार्यक्रम समापन भएको थियो।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal