eNepal

मेल्बर्नमा पहिलो पटक आफ्नै निर्माणाधिन सामुदायिक भवनमा बिधिपूर्बक चैते दशै मनाईयो

आफ्नो कला, संस्कृति, रीति, रिवाजलाई आफ्नो पुस्तामा कायम राख्दै भावी पुस्तामा समेत यस्लाई निरन्तरता दिनका खातिर अष्ट्रेलियाको भिक्टोरिया राज्यमा बसोबास गर्ने नेपालीहरुको साझा घर सामुदायिक केन्द्रको रुपमा पशुपतिनाथ मन्दिर र बौद्ध स्तुपा सहितको वहुसाँस्कृतिक केन्द्र बनाउने अभिप्रायले कृयाशिल अस्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टरले पन्डितत्रय शंकर प्रशाद गौतम, नारायण (मिलन) ज्ञवाली र नारायण दाहालको सहभागितामा मेलबर्नमा पहिलो पटक बिधिपूर्बक चैते दशैं मनाएको छ ।

कार्यक्रममा बिधिपूर्बक पूजा, भगवान रामको बिषयमा प्रबचन, भजन कीर्तन, नाचगान गर्नुका साथै नयाँ आजीवन सदस्यको रुपमा आएका पंकज शाहलाई पंडितत्रयसंग टीका, फूल र प्रसाद ग्रहणपस्चात लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक एबं अस्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टरका सल्लाहकार रामकुमार श्रेष्ठद्धारा खादा लगाइएपछि सेन्टरका अध्यक्ष गान्धी भट्टराईद्धारा प्रमाणपत्र प्रदान गरिएको थियो । 

जन संपर्क समिति अस्ट्रेलियाका अध्यक्ष बिनित शर्मा, मेल्टन नेप्लिज कम्युनिटिका अध्यक्ष दिनेश सुबेदी, दिदीबहिनी समाज भिक्टोरियाका प्रभा श्रेष्ठ र शोभा पौडेल आदिको उपस्थिति रहेको उक्त कार्यक्रममा सेन्टरका सचिब डा तिलक पोखरेल, सह-कोषाध्यक्ष अनन्त पौडेल आदिको उपस्थिति थियो ।

अस्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टरले आफ्नो मूल उद्धेस्य प्राप्तीको लागि १०० डनकान्स लेन, डिग्गर्स रेस्टमा ४ कोठा सहितको घर भएको करीब १५ एकर (६.०७ हेक्टर) जग्गा  किनिसकेको छ । हाल उक्त भवनलाई अस्ट्रेलियन सरकारद्धारा प्राप्त आर्थिक सहयोगमा मर्मत सम्भार गरी मूल उद्धेस्य प्राप्त नहुन्जेलसम्मको लागि मन्दिरको रुपमा प्रयोग गर्न मिल्ने गरी काम भैराखेको छ ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal