eNepal

सुदूरपश्चिम नेपाली समाज भिक्टोरीयाले विशु पर्व मनाउँदै

भिक्टोरियामा बसोवास गरिरहेका नेपाली सुदूरपश्चिमेलीहरुको संस्था सुदूरपश्चिम नेपाली समाज भिक्टोरीया (Far Western Nepalese Society of Victoria)ले आगामी १६ अप्रीलका दिन विशु पर्व मनाउने भएको छ।

ईस्टोनियन हाउसमा अपरान्न पाँचबजेबाट शुरु हुने यस कार्यक्रमलाई भिक्टोरियन मल्टिकल्चरल कमिसनले सहयोग गरेको छ। 

सुदूरपश्चिम प्रदेशका नौ जिल्लामध्ये सात पहाडी जिल्लामा नयाँ वर्षका दिन बिसु पर्व मनाउने चलन छ । मिठा परिकार खाने, रमाइलो गर्ने र सिस्नो लगाएर मनाइने यस पर्वलाई बिसु, विस्का वा विस्पती पर्व पनि भनिन्छ । पूजापाठ र आफन्तसँगको भेटघाटको लागि यो पर्व विशेष हुने गरेको छ ।

बिसु पर्व मनाउनका लागि घरभित्र, घरबाहिर सरसफाइ, लिपपोत गरेसँगै शरीरको सरसफाइलाई समेत मुख्य रूपमा हेरिन्छ । बच्चा, बिरामीदेखि वृद्ध सबैले बिसु पर्वको दिन नुहाउनु अपरिहार्य मानिएको छ । यो दिन अरू दिनभन्दा फरक तरिकाले नुहाइन्छ । आफ्ना शरीरका प्रत्येक अङ्गलाई साबुन पानीले मिच्दै काखीको विष (रोग) गयो, घुँडाको विष गयो, घाँटीको विष गयो, तिघ्राको विष गयो, पेटको विष गयो इत्यादि भन्दै सफा पानीले पखाल्दै जानुपर्ने  चलन रहि आएको छ।

आफ्नो कला र संस्कृतीलाई बिदेशमा पनी बचाई राख्न र बिदेशमा छरिएर बसेका नेपालीहरूमा सद्भाव कायम राखी आफ्नो संस्कृतिलाई भोलीका पीडीले नबिर्सीऊन भन्ने उद्देश्यले हरेक वर्ष फार वेस्टर्न नेप्लिज सोसाईटी अफ भिक्टोरीयाले नेपालको सुदुरपश्चिम प्रदेशमा पर्व मनाउँदै आएको बिभीन्न चाढ पर्वलाई प्राथमिकताका साथ मनाउँदै आएको छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal