eNepal

फार वेस्टर्नले बाजी मार्यो न्याभ कपको उपाधी, च्यारीटी कपको उपाधी एनआरएन टिमलाई

दुई महिना लामो १८ औं न्याभ क्रिकेट प्रतीयोगिता अन्तत: समापन भएको छ। गएको आइतबार प्रेस्टनस्थित टिडब्लु पार्कमा भएको ग्रान्ड फाइनलमा फार वेस्टर्न क्रिकेट क्लवले नारे किंग्सलाई ३ विकेटले पराजित गर्दै १८ औं न्याभ कपको उपाधी जित्न सफल भएको हो।

नारे किंग्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाई १ सय २७ रन बनाउन सफल भएको थियो। किरण कँडेल शून्य, अविनाश ४ र हरि सापकोटा ६ रनमा आउट भएपछि दबाबमा आएको नारे किंग्सबाट दिपेन रायमाझी र शिशिर सापकोटाले चौथो विकेटमा ८३ रनको साझेदारी गरे । दिपेन ६२ बलमा ७१ रन बनाई अविजित रहे । उनले ६ चौका र २ छक्का प्रहार गरे । रिटायर्ड हर्ट भएका शिशिरले ३५ बलमा १ चौकासहित २० रन बनाए । सन्देश कँडेल ४ बलमा ६ रन बनाई अविजित रहे । फार वेस्टका उदय सापकोटा र विजय गिरीले १–१ विकेट लिएका थिए।

उता फार वेस्ट्रनका तर्फबाट ओपनर आर्यन विष्ट शून्यमा आउट भए पनि अर्का ओपनर मोहन विष्टले २७ बलमा ४५ रन बनाउँन सफल भए। उनले २ चौका र ५ छक्का प्रहार गरे भने निशान्त सिंह ३, नवीन भट्ट १, वासु गिरी १० र कप्तान केशव पन्त ५ रनमा आउट भए । दीपेश विष्टले ३० बलमा ३ चौका प्रहार गरी ३४ रन बनाए।सरोज क्षेत्रीले १७ बलमा ११ र प्रदीप कुँवरले ८ रन बनाउँदै फार वेस्टलाई विजय दिलाए । नारे किंग्सबाट कप्तान किरण कँडेलले ३ विकेट लिए । उनले ४ ओभरमा १६ रन खर्चे। अविनाश पौडेल, राजन कँडेल र सुसन सापकोटाले १–१ विकेट लिए।

माभन क्रिकेट क्लबका संजोग दाहालले व्यक्तिगत विधामा तीन अवार्ड जित्दै ह्याट्रिक गरे । उनले उत्कृष्ट ब्याटर, फिल्डरसहित प्लेयर अफ द सिरिजको उपाधि जिते भने माभनकै अभिनव शाहले उत्कृष्ट बलरको उपाधि पाए । एक्सपर्ट सगरमाथाका सुदीप न्यौपाने उत्कृष्ट विकेटकिपर बने । फेयर प्लेको उपाधि ग्रेस गोर्खालीले पायो ।

विजेता खेलाडीलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का, न्याभका अध्यक्ष प्रेमराज उप्रेती, खेलकुद संयोजक दीप चन्द, म्याक्सिम्याक्सका निर्देशक शंकर धरेल, भिक्टोरियन नेप्लिज क्रिकेट एसोसिएसन (भीएनसीए) का अध्यक्ष सुजित बस्नेत लगायतले पुरस्कृत गरे ।

म्याक्सी म्याक्स एजुकेसन एण्ड माईग्रेसन सर्भिसेज मुख्य प्रायोजन अनि सहप्रायोजक ब्राईटन कलेज रहेको १८ औं न्याभ कप २०२२ प्रतियोगितामा एक्सपर्ट सगरमाथा ब्लुज ए र  सगरमाथा एक्सपर्ट बी, हिमालयन क्रिकेट क्लब, सुदूरपश्चिम हन्टर, एभरेष्ट लायन्स, काठमाडौं क्यापिटल, रोयल राइनोज क्रिकेट क्लब, ग्रेस गोर्खाली क्रिकेट क्लब, माभेन क्रिकेट क्लब, गुल्मी टाइगर्स, ब्राइटन एभरेष्ट क्लब र नारे किंग्स गरी १२ क्लवको सहभागिता रहेको थियो।

च्यारिटी म्याचको उपाधी भने एनआरएनए भिक्टोरीया टिमले हात पार्न सफल भयो।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal