eNepal

भीएनसीएले गर्यो नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्कालाई सम्मान

भिक्टोरियन नेप्लिज क्रिकेट एसोसिएसन (भीएनसीए) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्कालाई गएको शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै मेलबर्नमा सम्मान गरेको छ ।

भीएनसीएका वर्तमान अध्यक्ष सुजित बस्नेतले पारसद्वारा सञ्चालित पल्सर क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी) लाई १ हजार अस्ट्रेलियन डलर सहयोग गर्ने घोषणा गरेका थिए ।

 

दुई वर्षअघि संन्यासको घोषणा गरेका पारसले काठमाडौंको बालुवाटारमा सीईसी सञ्चालन गर्दै आएका छन् ।

 

१८ औं न्याभ कप क्रिकेट प्रतियोगिताको गुडविल एम्बासडर नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का मेलबर्न आएका उनलाई सम्मान गरिएको अध्यक्ष बस्नेतले बताए ।

भीएनसीएद्वारा आयोजित कार्यक्रममा उनले अस्ट्रेलियामा नेपाली समुदायले स्थापना गरेको क्रिकेट क्लबहरू बलियो भएर नेपाली क्रिकेटरका लागि क्रिकेट अस्ट्रेलियासँग सम्बन्ध स्थापित गर्नुपर्नेमा जोड दिएका थिए।

सम्मान कार्यक्रममा भीएनसीएका उपाध्यक्ष सन्दीप बोगटी, कोषाध्यक्ष सचिन बुढाथोकी, संस्थापक अध्यक्ष यसवन्त सुवेदी, सल्लाहकार राजन मास्के र संरक्षक विनीत शर्मा लगाएत समुदाएका अगुवाहरुको उपस्थिती रहेको थियो। सम्मान कार्यक्रम मेल्बर्नको काठमाण्डौ बैंक्वेटमा भएको थियो।

भिएनसीएको स्थापना केही बर्ष पहिले भिक्टोरीयाको नेपाली समुदाएमा क्रिकेट लगाएत अन्य खेलहरुलाई समृद्ध तुल्याउने दृस्टीकोण सहित संस्थाको विकास गर्न र युवा र उदयमान खेलाडीहरूलाई उचीत अबसर दिने हेतुले खोलिएको सँस्था हो।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal