eNepal

मेल्बर्नमा टेनिस प्रतियोगिता सम्पन्न, शंकर अर्याल र हरिकृष्ण पंगेनीको जोडी बिजेता

मेल्बर्नको ग्रिनभेलमा टेनिस भिक्टोरियासंग आबद्ध भएको नेप्लिज कम्युनिटी टेनिस क्लब भिक्टोरियाद्धारा आयोजित पुरुषतर्फको जोडी टेनिस प्रतियोगिता सम्पन्न भएको छ । १२ जोडीले भाग लिएको उक्त प्रतियोगितामा शंकर अर्याल र हरिकृष्ण पंगेनीको जोडी बिजेता बने भने निरन्जन पौडेल र अशोक गुरुङको जोडी उपबिजेता बनेका छन । । बिजयीहरुलाई लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक एबं अन्तरास्ट्रिय नेपाली कलाकार समाज ‘इनास’ का विस्व सल्लाहकार रामकुमार श्रेष्ठले ट्रफी बितरण गरेका थिए । 

क्लबद्धारा यस अघि डिसेम्बर ४ र ५ मा एकल टेनिस प्रतियोगिता आयोजना गरेको थियो जस्मा ४० जनाले भाग लिएका थिए । क्लबका पब्लिक क्रियशनशिप कोअर्डिनेटर भिस्म गौतमका अनुसार आगामी नोभेम्बर-डिसेम्बरमा अस्ट्रेलियाका सबै राज्यहरुको सहभागिता हुने गरी इन्टरस्टेट टेनिस प्रतियोगिताको आयोजना गरिनेछ भने क्यानबेरामा आयोजना गरिने टेनिस प्रतियोगितामा क्लबले सहभागिता जनाउनेछ ।

प्रतियोगिताका लागि प्लाटिनियम स्पोन्सरमा डेस्टिनी होम, गोल्ड स्पोन्सरमा अपेक्स प्रपर्टी सर्भिसेस र सिल्भर स्पोन्सरमा अजी फाइनान्स एन्ड होम लोनस, आइसिएस र थर्मकाउस्टिक थिए ।

कार्यक्रमको अन्तमा क्लबका अध्यक्ष टोप आले, पब्लिक क्रियशनशिप कोअर्डिनेटर भिस्म गौतम र कोषाध्यक्ष रितेश बस्तोला तिनैजनाले छोटो समयको तयारीका बाबजुद प्रतियोगिता यस किसिमले सफल हुनुमा सबैको सहयोगको भूमिका रहेकोले उपस्थित र सकृय सहयोग गर्दागर्दै पनि काम बिशेषका कारण उपस्थित हुन नसक्ने सबैप्रति आभार ब्यक्त गर्दै धन्यवाद ज्ञापन गरे ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal