eNepal

टच फुटी वोल्डकपको लागि दिप चन्दको संयोजकत्वमा नेपाल टिमको घोषणा

आउँदो २५ मार्चका दिन हुन गई रहेको टच फुटी’ विश्वकप डिभिजन १ का लागि नेपाली टोली घोषणा गरिएको छ। भिक्टोरियास्थित मेलबर्नको बक्सहिल रग्बी क्लब मैदानमा हुने प्रतियोगिताका लागि न्याभका खेलकुद संयोजक दिप चन्दको संयोजकत्वोमा १२ सदस्यीय नेपाली टोली तयार गरीएको हो।

टोलीमा कोच सेसेन्द्र केसी, व्यवस्थापकमा बबी लामा रहेका छन् भने क्याप्टेनमा रोशन कन्डेल, भाईस क्याप्टेनमा जेम्स थापा रहेका छन्। खेलाडीहरुमा भिसीस दुरा, आदर्श पौडेल, रन्जन कन्डेल, निश्चल अर्याल, प्रेरणा मल्ल, हिरामती मगर, प्रज्ञा दाहाल, शुरज श्रेष्ठ, प्रमोद घिमीरे, स्वजन कार्की रहेका छन्।

अष्ट्रेलियामा रहेका विभिन्न समूदायका १२ वटा टिमको सहभागी रहने यस प्रतियोगितामा नेपालको समूहमा स्विजरल्यान्ड, जिम्बावे, संयुक्त राष्ट्रसंघको समुदाय टोली छन् ।

गत वर्ष नेपालले फाइनलमा ब्राजिली टोलीलाई पराजित गरी डिभिजन २ को विजेता बन्दै डिभिजन १ मा प्रवेश गरेको थियो ।

केही दिन अगाडी मात्र यस प्रतीयोगिताका मुख्य प्रायोजक ग्रेस ईन्टरनेशनलका सिईओ रामचन्द्र पौडेल, न्याभका अध्यक्ष प्रेमराज उप्रेतिजनसम्पर्क समितिका अध्यक्ष विनित शर्मा, म्याक्सीम्याक्स एजुकेशनका निर्देशक शंकर धरेल, कान्तिपुर दैनिकका खेलप्रमुख विनोद पाण्डे, नेपालका राष्ट्रिय क्रिकेट खेलाडी यशवन्त सुवेदी, न्याभ उपाध्यक्ष ललिसा थापा र खेल संयोजक दिप चन्दले संयुक्त रुपमा जर्सी सार्वजनिक गरेका थिए।

 

नेपाल टिमको लागि रोयल वेस्टर्न क्लबले  सहकार्यमा गरेको छ भने प्रतियोगिताको आयोजना अष्ट्रेलियन फुटबल ईन्टरनेशनलले गरेको हो ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal