eNepal

मेल्बर्नको एभरेस्ट युनाइटेड क्लवले आयोजना गरेको होली यस्तो रह्यो

भिक्टोरीया राज्यको मेल्बर्न शहरमा रहेको एभरेस्ट युनाइटेड क्लबको आयोजनामा मेल्बोर्न वेस्टमा होली पर्व भव्यताका साथ सम्पन्न भएको छ।

एलिएन्स इस्टेट एजेन्ट्स र सिरा होम्सले प्रायोजन गरेको होली बिशेष कार्यक्रममा वेस्टमा बसोबास गर्ने नेपाली समुदाएको बाक्लो उपस्थिती रहेको थियो।

कार्यक्रममा न्याभमा अध्यक्ष प्रेमराज उप्रेती, कान्तिपुर खेलकुद ब्यूरो प्रमुख विनोद पाण्डे, अष्ट्रेलियाली लेबर पार्टीको टार्निट शाखाको अध्यक्ष डा. महेश भण्डारी लगाएतको उपस्थित रहेको थियो।

सामाजिक सद्भाव कायम गर्दै समुदाएमा छरिएर बसेका नेपाली समुदाएलाई एकजुट गराएर एकअर्कामा चिनापर्ची गर्ने हेतुले आयोजना गरिएको होली कार्यक्रमलाई सहयोग गर्न पाउँदा खुसी महसुस भएको बताउँदै एलिएन्स इस्टेट एजेन्ट्सका डाईरेक्टर साईमोन डङ्गोलले यस्ता कार्यक्रमले मनोरन्जन मात्र नदिई समुदाएलाई जोड्ने पुलको भुमीका खेल्ने धारणा राख्नु भयो।

प्रवासमा बस्दै आएका नेपालीबीच सम्बन्ध सुमधुर बनाउने उद्देश्यले होलीको आयोजना गरेको संस्थाका प्रतिनिधी राजन मास्केले जानकारी दिनुभयो । नेपालीहरूको रंगीन पर्व फागु पूर्णिमा- होली पर्बलाई स्थानिय दिदीबहिनी, दाजुभाई एवं साना बाबु-नानीहरूको उपस्थितिमा धुमधामले एक-आपसमा आत्मियता साट्दै एवं रंगहरूसंग रंगिएर शुभकामना दिँदै मनाउन पाउँदा सहयोगी सबैप्रति हार्दिक आभार प्रकट गर्न भयो। 

क्लव आफैमा बहुसाँस्कृतीक क्लव रहेकोले कार्यक्रममा अन्य समुदाएका व्यक्तिहरुको पनि उपस्थिती रहेको थियो।अन्य समुदाएबाट आएकाहरुले पनि रङ्ग साटासाट गर्दै शुभकामना आदनप्रदान गरेका थिए।

प्रवासको व्यस्त जीवनशैलीका बाबजूद पनि आफ्नो देशको कलासंस्कृति, चाडपर्व र रितिरिवाजहरूलाई सम्बर्द्धन गर्ने कार्यमा नेपाली समुदाय सँधै कटिबद्ध हुँदै आएको छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal