eNepal

मेल्बर्नको कोबर्ग लेकमा यसरी मनाए बिधार्थीहरुले होली

सामाजिक सद्भाव कायम गर्न उच्च शिक्षा अध्ययनका लागि आएका बिधार्थी भाईबहिनीहरुलाई एक्लोपनको महसुस हुन नदिनका साथै एकअर्कामा चिनापर्ची गर्ने हेतुले गएको गत १३ मार्चमा मेल्बर्नको कोबर्ग लेक रिजर्भमा भव्य रुपमा होली पर्व मनाइएको छ।

“Celebrate Friendship, Harmony Goodwill” भन्ने मूल नाराका साथमा मनाईएको होली बिशेष कार्यक्रममा बिधार्थी भाईबहिनीहरुको बाक्लो उपस्थिती रहेको थियो।

नेपालीहरूको अत्यधिक बसोबास रहेको कोबर्ग क्षेत्रमा आयोजित बृहत् होली कार्यक्रममा ठूलो संख्यामा नेपालीहरूको उपस्थिति रहेको थियो भने निशुल्क बार्बेक्युको व्यबस्था गरिएको थियो।

प्रवासको व्यस्त जीवनशैलीका बाबजूद पनि आफ्नो देशको कलासंस्कृति, चाडपर्व र रितिरिवाजहरूलाई सम्बर्द्धन गर्ने कार्यमा नेपाली समुदाय सँधै कटिबद्ध हुँदै आएको छ।

सोल्भ एजुकेसन् एण्ड माइग्रेसन सर्भिसेजद्वारा आयोजित सो कार्यक्रममा एक आपसमा रंग साटासाट गर्दै हर्षोल्लासका साथ होली पर्व मनाएका थिए।

मेल्बर्नमा बस्दै आएका नेपालीबीच सम्बन्ध सुमधुर बनाउने उद्देश्यले होलीको आयोजना गरेको सोल्भ एजुकेसनका प्रवन्धक ववीन मिश्रले जानकारी दिनुभयो ।उक्त अवसरमा नेपालबाट अस्ट्रेलीया आउँदा, यहाँ आइसकेपछि भोग्नुपर्ने समस्या, यहाँ बसोबास गरिरहेकाहरुको समस्याबारे छलफल गरिएको बताउनुभयो ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal