eNepal

अन्तर्राष्ट्रिय नारी दिवस अवसरमा दिदीबहिनी समाज भिक्टोरीयाले गर्यो बिशेष कार्यक्रम

दिदीबहिनी समाज भिक्टोरियाले अन्तर्राष्ट्रिय नारी दिवस गत शनीवार ४ मार्चमा एक बिशेष कार्यक्रम गर्दै भव्य रुपमा मनाएको छ। मेल्बर्नको उत्तर क्षेत्रमा रहेको ग्लेनरोय युनिइटिङ चर्चमा आयोजना गरिएको कार्यक्रममा समुदाय र व्यवसायका स्थानीय महिला नेतृत्वहरु, विभिन्न सामुदायिक संस्थाका पदाधिकारीहरूका साथै नेपाली महिला उद्यमीहरूको उपस्थिती रहेको थियो।

सो अवसर पारेर मेल्बर्नमा बसोबास गरेका केही उद्दमी दिदीबहिनीहरुले आफ्नो सीप,कौसलहरू साझा गर्दै प्रदर्शनी गर्नु भएको थियो जसले महिलाहरूको जीवनमा सकारात्मक प्रभाव पार्ने र लैङ्गिक-समान समाजलाई प्रवर्द्धन गर्न प्रतिबद्ध गर्ने कुरालाई अभिप्रेरीत गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै दिदीबहिनी समाजकी बर्तमान अध्यक्ष रोशनी श्रेष्ठले विगत दशकहरूमा महिलाहरूले हासिल गरेका उपलब्धिहरूको प्रशंसा गर्दै समान भविष्य सिर्जना गर्ने कार्यहरूलाई उत्सव मनाउन सबैलाई आवहान गर्नु भयो।

कार्यक्रममा ब्रोडमीडोज क्षेत्रकी वार्ड सांसद क्याथलीन म्याथ्यूज, यान येनका लागि राज्य सदस्य एमपी लॉरेन काथागे, Socialist Alliance Councillor (समाजवादी गठबन्धन काउन्सिलर) सु बोल्टन, अतिथि वक्ताका रुपमा इन्टरनेट अफ थिंग्स / इलेक्ट्रोनिक इन्जिनियरमा मास्टर गर्नु भएकी प्रीति डोंगोल, अतिथि वक्ता GIS विशेषज्ञ डा योगेन्द्र कर्ण, DBSV partner organisations जेनी स्मिथ (CEO- NCLC) लगाएत नेपाली समुदाएका अलाबा बहुसाँस्कृतीक समुदाएका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो।

कार्यक्रममा १०० भन्दा बढीको उपस्थिती रहेको कार्यक्रमलाई कृती उप्रेतीले संचालन गर्नु भएको थियो। दोरीन मरण्डा युनीटकी अलक पाठकले स्वागत नृत्य प्रस्तुत गर्नु भएको थियो भने दिदीबहिनी समाज वेस्ट युनीटकी बवीता खत्रीको नृत्यले सबैलाई आकर्षीत गरेको थियो। त्यस्तै ग्लेनरोय युनीटकी उप संयोजक रोजी फुयाँलले पनि बेजोड नृत्य प्रस्तुत गर्नु भएको थियो। कार्यक्रमलाई थप मनोरन्जनात्मक बनाउन अन्य दिदीबहिनीहरुले समेत आफ्नो प्रस्तुती दिनु भएको थियो।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal