eNepal

न्याभ कपको फाइनलमा नारे किंग्स र फार वेस्ट हन्टर्स भिड्दै, पारस खड्कालाई अभिनन्दन गरिने

नेप्लिज एसोसिएसन अफ भिक्टोरियाको सिग्नेचर कार्यक्रमहरु मध्यको बहुप्रतिक्षित र प्रतिष्ठित खेलकुद प्रतियोगिता  “१८औं एनएभी क्रिकेट कपको फाइनलमा नारे किंग्स र फार वेस्ट हन्टर्स भिड्ने भएका छन्।

प्रेस्टनस्थित टिडब्लु पार्कमा आइतबार भएको सेमिफाइनल खेलमा नारे किंग्सले माभन क्रिकेट क्लबलाई ५९ रन र फार वेस्टले एक्सपर्ट सगरमाथा ब्लुजलाई २१ रनले पराजित गर्दै फाइनलको यात्रा तय गरेका हुन्। प्रतियोगितामा दीपेन रायमाझी र बासु गिरीले प्लेयर अफ द म्याचको उपाधि पाएका छन् ।

विशेष आकर्षणका रुपमा यो पटक क्रिकेट लिजेन्ड एबम् पूर्व कप्तान पारस खड्कालाई सद्भावना दूतमा नियुक्त गरिएको र न्याभको २५ औं वार्षिकोत्सवको अवसरमा राष्ट्र क्रिकेटमा उनको अमूल्य सेवाको लागि अभिनन्दन गरिने न्याभका अध्यक्ष प्रेमराज उप्रेतीले जानकारी गराउनु भयो।प्रतियोगिताको अन्तिम समारोहमा खड्कालाई सम्मान गरिनेछ। साथै कार्यक्रममा कान्तिपुर खेलकुद ब्यूरो प्रमुख विनोद पाण्डेलाई पनि निमन्त्रणा गरिएको छ ।उनी किड्स क्रिकेट क्याम्पमा समेत सहभागी हुनेछन्।

म्याक्सी म्याक्स एजुकेसन एण्ड माईग्रेसन सर्भिसेज मुख्य प्रायोजन अनि सहप्रायोजक ब्राईटन कलेज रहेको १८ औं न्याभ कप २०२२ प्रतियोगितामा एक्सपर्ट सगरमाथा ब्लुज ए र  सगरमाथा एक्सपर्ट बी, हिमालयन क्रिकेट क्लब, सुदूरपश्चिम हन्टर, एभरेष्ट लायन्स, काठमाडौं क्यापिटल, रोयल राइनोज क्रिकेट क्लब, ग्रेस गोर्खाली क्रिकेट क्लब, माभेन क्रिकेट क्लब, गुल्मी टाइगर्स, ब्राइटन एभरेष्ट क्लब र नारे किंग्स गरी १२ क्लवको सहभागिता रहेको थियो।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal