eNepal

ग्रेटर सेफाटनमा बसोबास गर्ने नेपालीहरुले उत्साहका साथ मनाए होली पर्व

ग्रेटर सेफाटनमा बसोबास गर्ने नेपालीहरुले होली पर्व उत्साह पुर्वक मनाएका छन्।ग्रेटर सेफाटन नेप्लिज कम्युनिटीद्वारा आयोजना गरिएको होली कार्यक्रम Mooroopna को WB Ferrari Park मा सम्पन्न भएको छ।

लगभग १०० जना भन्दा बढीको नेपाली समुदाएका सदस्यहरुको सहभागिता रहेको पर्वमा अन्य समुदाएको पनि बाक्लो उपस्थिती रहेको थियो।

गीत, सङ्गीत, नृत्य, मनोरन्जनात्मक खेल, मिठा मिठा खाने परिकारका साथमा रङहरु खेल्दै एकअर्कालाई शुभकामना आदनप्रदान गर्दै मनाइएको थियो। पर्वमा बालबालिकाका साथै पारिवारिक भेलाले थप रमणीय बनाएको थियो।

कार्यक्रमलाई ग्रेटर सेफाटन नेप्लिज कम्युनिटीका सकृय सदस्य सुमन थापाले संयोजन गरेका थिए।

नेपालीहरुको लोकप्रीय चाड फागु पुर्णीमालाई प्रवासमा पनि उत्तीकै प्राथमिकता साथ मनाइने गरिन्छ। होलीको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आफ्नो मातृभूमिसँगको सास्कृतिक सम्बन्ध मजबुत बनाउन अष्ट्रेलियाका विभिन्न सहरहरुमा बसोबास गर्दै आएका नेपालीहरुले सद्भावका साथ यो वर्ष होली मनाउदै आएका छन्।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal