नेप्लिज एसोसिएसन अफ भिक्टोरियाको सिग्नेचर कार्यक्रमहरु मध्यको बहुप्रतिक्षित र प्रतिष्ठित खेलकुद प्रतियोगिता “१८औं एनएभी क्रिकेट कप २०२२” हाल मेल्बर्नमा जारी रहेको छ। दुई महिना लामो हुने यो मेघा इभेन्ट आगामी १५ जनवरी, २०२३ बाट सुरुवात भएको थियो भने यस प्रतियोगिताको फाईनल खेल र पुरस्कार वितरण बिशेष समारोह आगामी २६ मार्चका दिने हुने तय भएको छ।
विशेष आकर्षणका रुपमा यो पटक क्रिकेट लिजेन्ड एबम् पूर्व कप्तान पारस खड्कालाई सद्भावना दूतमा नियुक्त गरिएको र न्याभको २५ औं वार्षिकोत्सवको अवसरमा राष्ट्र क्रिकेटमा उनको अमूल्य सेवाको लागि अभिनन्दन गरिने कार्यक्रम पनि रहेको छ।ईनेपालसँग कुरा गर्दै न्याभका अध्यक्ष प्रेमराज उप्रेतीले यसपटकको टुर्नामेन्टलाई चायारीटी म्याचले थप आकर्षण गराएको जानकारी गराउनु भयो।
न्याभ टुर्नामेन्ट संयोजन समितिले यस पटकको च्यारीटी खेलबाट उठेको सहयोग मेल्बर्नमा रहेका नेपाल भाषा पठनपाठन गराईने नेपाली बिधालयहरुलाई सहयोग गरिने भएको छ। सहभागी प्रत्येक खेलाडीबाट पचास डलर रजिस्ट्रेसन बापत उठाइएको र उक्त सहयोग रकम बिधालयका लागि चाहिने शैक्षिक सामाग्रीमा सहयोग गरिने छ।
च्यारीटी खेलमा एनआरएनए भिक्टोरीया टिम, न्याभ बाल चौतारी, नेपाली सोसीईटी लिडर्स क्रिकेट टिम, कम्युनिटी नोवल आन्ट्रप्रिनीयर क्रिकेट टिम, न्याभ क्रिकेट टिम, ईनोभेटीभ कम्युनिटी एण्ड बिजीनेस लिडर क्रिकेट टिम, कम्युनिटी एजुकेसनल एण्ड एड्मिनीस्ट्रेटीभ लिडर्स क्रिकेट टिम र कम्युनिटी रियल स्टेट पायोनियर्स क्रिकेट टीम गरेर जम्म आठ टिमको सहभागीता रहेको छ।
खेलकुदको माध्यमबाट समुदाएलाई एकजुट बनाउँदै अस्ट्रेलीयामा हुर्कीदै गरेको दोश्रो पुस्ताका लागि नेपाली भाषा सिकाउने बिधालयको सहयोगार्थ च्यारिटी खेलमा समुदाएको उत्साहजनक सहभागी देख्दा आफु खुसी भएको न्याभ खेलकुद संयोजक दिप चन्दले बताउनु भयो। यस प्रकारको खेलले आफूहरुमा मानसिक तथा शारीरिक रुपमा ऊर्जा प्रदान गर्ने जानकारी गराउदै सबै टिमप्रति आभार समेत व्यक्त गर्नुभयो।


