२५ फरवरी, जिलोङ, अस्ट्रेलिया:
अस्ट्रेलियाको भिक्टोरिया राज्यमा बर्षेनी मनाइने अष्ट्रेलियाकै ठूलो मध्येको बहुसाँस्कृतिक महोत्सव पाको फेस्टामा नेपालीहरुको संस्था ग्रेटर नेपाली समाजले नेपालको प्रबर्द्धन गरेको छ । सन् १९८३ बाट शुरु भएको र नेपालीहरुको पहिलो सहभागिता २०१३ देखि भएको यो बहुसांस्कृतिक महोत्सव पाको महोत्सबमा ग्रेटर जिलोङ नेपाली समाज (Greater Geelong Nepalese Community) ले नेपाललाई बुद्ध र सगरमाथाको देश र बहुभाषिक/बहुसांस्कृतिक देशको रुपमा प्रस्तुति र प्रबर्द्धन गरेको हो ।

भिक्टोरिया स्थित जिलोङ शहरमा प्रत्येक बर्षको अन्तिम शनिवार आयोजना गरिने उक्त महोत्सवमा बिभिन्न देशका करिब १ लाखकोसहभागिता थियो । सहभागी नेपालीहरुले साँस्कृतिक पहिचान झल्कने झाँकीहरु, कला तथा संगीत र नेपाली नृत्य समेत प्रस्तुत गरेका थिए ।
विगत सवा दशकदेखि यो महोत्सवमा सहभागीको संख्या एक लाखभन्दा बढी हुने गरेको छ ।

पहिलो वर्षबाटै महोत्सवमा नेपाल झल्काउने पहिरन, नेपाली झन्डा, ब्यानरसहितको परेड र स्टलमा नेपाललाई बुद्ध र सगरमाथाकोदेशको रुपमा मात्रै नभएर कुमारीको देशको रुपमा समेत चिनाउने काम भएको थियो । कुमारीको रुपमा मिस नेपाल अस्ट्रेलिया २०१२ दीपाश्री शाह थिइन् जसले स्थानिय पत्रिकामा राम्रो स्थान प्राप्त गरेको थियो ।
परेडमा ८० वर्षिया दिल माया श्रेष्ठ (कान्छी) नेवारी पहिरनमा सहभागी भएकी थिइन भने चौधरी समूहले आफ्नो भेषभुषामा लट्ठी नाचप्रदर्शन गरेको थियो ।
कार्यक्रममा प्रमिला तामाङद्धारा ‘नेपालकी छोरी हुँ म’ गीतमा नृत्य प्रस्तुत गरिएको थियो ।

यो महोत्सब नेपाल प्रबर्द्धन गर्ने राम्रो प्लाटफर्म हुने भएकोले वेलायतबाट अस्ट्रेलिया स्थानान्तर भएपछि सबै प्रकृया नियमानुसार पुरागर्दा समयाभाव हुने देखेर आयोजक संस्था डाइभर्सिटाटसंग केही बिशेष मिटिङ समेत गरी महोत्सवमा २०१३ देखि नेपालीलाई सहभागिता गराउन पहल गर्ने लुम्बिनी-कपिलवस्तु विश्व अभियानका विस्व संयोजक एवं अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजका विश्वसल्लाहकार रामकुमार श्रेष्ठ, दिदी-बहिनी समाज भिक्टोरियाकी प्रतिनिधि प्रभा श्रेष्ठ, ग्रेटर जिलोङ नेपाली समाजका अध्यक्ष डा सन्तोष पाण्डे लगायत अन्य पदाधिकारीहरुको परेडमा सहभागी थिए ।


