द हिमालयन टाइगर्सले आयोजना गरेको पहिलो वल्ड दरबार भलिबल कप २०२२ गत १८ डिसेम्बरमा मेल्बर्नको डारेबिन सामुदायिक खेलकुद स्टेडियममा भव्यताका साथ सम्पन्न भएको छ। 857 Plenty Road Reservoir मा रहेको स्टेडियममा बिहान ९ बजे देखि ७ बजे सम्म भएको प्रतियोगीतामा क्रेगीबर्न ब्रिगेड र टाइगर्स गुडलकले बाजी मारेका छन्।
लिग ढाँचामा खुला र सिनियर गरेर दुई बिधामा खेलहरु भएका थिए। खुल्ला तर्फ टाइगर्स गुडलकले पाँच सेटको अत्यन्त रोमाण्चक प्रतिस्पर्धामा ३–२ सेटले उपाधी जित्न सफल भएको थियो। सिनियर विधाको खेलमा क्रेगीबर्न ब्रिगेड एससीले टाईगर्सलाई हराउँदै उपाधी जित्न सफल भएको थियो।
खुला विधामा क्रेगीबन ब्रिगेड एससी, युनाइटेड एफसी, टीम वल्ड दरबार, गलकोट समाज, टाइगर्स गुडलक, टाइगर्स सेल्भियो र हाम्रो कम्युनिटी गरेर जम्मा ७ टोलीहरुले सहभागीता जनाएका थिए।
सबैभन्दा ठूलो नगद पुरस्कार राशीको प्रतियोगितामा प्रथम हुनेले नगद $२००० र दोस्रो हुनेले नगद $१००० पदक र ट्रफी हात पारेका छन्।प्रतियोगिताको उत्कृष्ट सेटरमा वोल्ड दरबारका विशाल कार्की चुनीए भने उत्कृष्ट स्पाइकरमा टाइगर्स गुडलकबाट बैरागी लामा, उत्कृष्ट डिफेन्डरमा टाइगर्स गुडलकबाट किशोर घर्ती मगर र प्लेयर अफ दि टुर्नामेन्ट वोल्ड दरबारका अर्जुन अधिकारी ठहरीए।
प्रतियगितालाई प्रमुख प्रायोजन पुरानो दरबार भोजनालय र लाउन्जले गरेको थियो भने सह प्रायोजर गुडलक शिक्षा र माइग्रेसनले गरेको थियो।
पुरस्कार वितरण समारोहमा फेन्का भिक्टोरिया च्याप्टरका संयोजक भोला गिरी, हिमालयन टाइगरका अध्यक्ष सन्तोष पाण्डे, नेप्लिज एसोसियसन अफ भिक्टोरियाका पूर्व अध्यक्ष तारा गैरे, वोल्ड दरबारका निर्देशक रमेश केसी लगाएत समुदायका अगुवाहरूको उपस्थिती रहेको थियो।


