eNepal

मेल्बर्नमा सामुहिक ब्रतबन्धको कार्यक्रम आयोजना हुँदै

अस्ट्रेलीयाको भिक्टोरीया राज्यको मेल्बर्नमा बसोवास गर्दै आउनु भएका उमेश श्रेष्ठ र जस्मिन श्रेष्ठको परिवारले भिक्टोरीया स्थित बेन्डिगो शहरमा रहेको नेपाली शैलीको गणेश मन्दिरमा सामुहिक ब्रतबन्धको कार्यक्रम आयोजना गर्दै हुनुहुन्छ। 

आगामी १० फ्रेबुअरीका दिन मन्दिर परिसरमा गरिने ब्रतबन्धको कार्यक्रममा हाल सम्म बेन्डिगोबाट ३ जना र मेल्बर्नबाट १ जनाले आफ्नो नाम दर्ता गराई सक्नु भएको आयोजक उमेश श्रेष्ठले जानकारी गराउनु भयो।

पण्डित शंकर गौतमबाट गरिने यस धार्मिक संस्कारमा आफ्ना छोराहरुलाई सहभागीता जनाउन चाहानु हुन्छ भने उमेश श्रेष्ठ 0400 755 486 वा पियुस कायस्थ 0403 402 262 मा सम्पर्क गरेर बृस्तित रुपमा जानकारी लिन सक्नु हुनेछ।

सम्भवतः मेल्बर्नमा पहिलो पटक हुन लागेको यो सामुहिक ब्रतबन्धको कार्यक्रमले हिन्दु धर्मसंस्कारका विविन्न धार्मिक कर्मलाइ कम खर्चिलो बनाउन ठुलो मद्दत गर्नेछ।

श्रेष्ठ दम्पतीले ब्रेन क्यान्सरका कारण युवा अवस्थामै गुमाउन पुगेकी ब्रिष्टि श्रेष्ठको सम्झनामा सो मन्दिर स्थापना गर्नु भएको हो। नेपाली शैलीमा निर्माण गरिएको मन्दिरले बढ्दो हिन्दू समुदायलाई पूजा गर्ने ठाउँ प्रदान गर्ने मात्र नभएर छोरीको प्रेमको प्रतीकको रूपमा रहेको छ। पछिल्लो समय भिक्टोरीयामा बसोबास गर्ने नेपालीहरुका लागि एक लोकप्रीय धार्मीक गन्तब्यको रुपमा चर्चीत बन्दै गएको छ।

 

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal