एक्सपर्ट सगरमाथा ब्लुजको आयोजनामा भइरहेको मेल्बर्नमा जारी ऋचा मेमोरियल क्रिकेट प्रतियोगिताको फाइनल खेल आउँदो आईतबार १८ डिसेम्बरका दिन टिडब्लु ब्लेक पार्क प्रेसटोनमा हुने भएको छ।
एक्सपर्ट सगरमाथा ब्लुज र ब्राइटन एभरेस्ट युनाइटेड क्रिकेट क्लबका बिच हुने फाईनल खेल अपरान्ह बार्ह बजेबाट शुरु हुने छ। फाईनल खेलको अलाबा बालबालीकाहरुका लागि जम्पीङ क्यासलका साथै बालबालीकाको छुट्टै प्रतियोगिता सन्चालन गरिने र कर्पोरेट क्रिकेट फन पनि आयोजना राखिएको गरिने एक्सपर्ट सगरमाथा ब्लुजका संयोजक सुदीप न्यौपानेले बताउनु भयो।

भिक्टोरीयामा रहेका एक्सपर्ट सगरमाथा ब्लुज, द हिमालयन क्लव, रोयल राईनोज क्रिकेट क्लब, एभरेस्ट लायोन्स, मेभन क्रिकेट क्लव, फार वेस्ट्रन सोसाइटी अफ भिक्टोरीया, ग्रेस गोर्खाली, ब्राइटन एभरेस्ट युनाइटेड क्रिकेट क्लब गरेर आठ नेपाली क्रिकेट क्लवले सहभागीता जनाएको थिए।
एक्सपर्ट एजुकेसन एण्ड भिषा सर्भिसेजको मुख्य प्रायोजन अनि ब्राईटन कलेज सह प्रायोजक रहेको यस प्रतियोगितामा पहिलो हुने क्लबलाई नगद २५०० अस्ट्रेलीयन डलरको पुरस्कार राशी राखिएको छ भने रनरअपलाई नगद १००० अस्ट्रेलीयन डलरको पुरस्कार राशी सहित ट्रफीको व्यबस्था गरिएको छ।

८ हप्तासम्म जारि टी-२० फम्र्याटको प्रतियोगितमा सहभागी टोलीलाई लिक कम नकाउटका आधारमा खेल खेलाइएको थियो।
अष्ट्रेलियामा क्यान्सरबाट देहावसान भएकी ऋचा श्रेष्ठको सम्झनामा बिगत केही बर्ष देखी यस प्रतियोगिताको आयोजना हुँदै आएको छ।ऋचा श्रेष्ठ आयोजक संस्थाका पूर्व अध्यक्ष विवेक श्रेष्ठकी श्रीमती एबम् नेपाल क्रिकेट संघका पूर्व उपाध्यक्ष नरेश श्रेष्ठकी छोरी अनि नेपाली राष्ट्रिय क्रिकेट खेलाडी युनिल श्रेष्ठ र मन्जित श्रेष्ठकी सहोदर बहिनी हुन् । स्वर्गीय ऋचाको सम्झनामा र बिदेशमा बस्दै आएका नेपाली प्रतिभावान क्रिकेट खेलाडीको खोजी गरी नेपाली क्रिकेटलाई योगदान दिनका निमित्त यो प्रतियोगिताको आयोजना गरीदै आएको हो।

