eNepal

५५०० डलर नगद राशी सहित मेल्वर्नमा पहिलो पटक वोल्ड दरबार भलिबल कप आयोजना हुँदै

द हिमालयन टाइगर्सको आयोजनामा आगामी १८ डिसेम्बरमा मेल्बर्नको डारेबिन सामुदायिक खेलकुद स्टेडियममा पहिलो पटक वल्ड दरबार भलिबल कप २०२२ आयोजना हुने भएको छ। 857 Plenty Road Reservoir मा रहेको स्टेडियममा बिहान ९ बजे देखि ७ बजे सम्म हुने प्रतियोगता लिग ढाँचामा (पूल ए र पूल बी ) खुला र सिनियर तर्फका खेलहरु हुने छन्।

खुला विधामा क्रेगीबन ब्रिगेड एससी, युनाइटेड एफसी, टीम वल्ड दरबार, गलकोट समाज, टाइगर्स गुडलक, टाइगर्स सेल्भियो र हाम्रो कम्युनिटी गरेर जम्मा ७ टोलीहरुले सहभागीता जनाउँदै छन्।

प्रत्येक पूलबाट शीर्ष दुई टीमले सेमिफाइनल खेल्नेछन्। मेलबर्नमा हुन लागेको सबैभन्दा ठूलो नगद पुरस्कार राशीको प्रतियोगितामा प्रथम हुनेले नगद $२००० र दोस्रो हुनेले नगद $१००० पदक र ट्रफी हात पार्ने छन्।

नेप्लिज एसोसियसन अफ भिक्टोरियाका पूर्व अध्यक्ष तथा मेल्बर्नका पुराना भलिबल खेलाडि तारा गैरे भन्नुहुन्छ : मेल्बर्नमा २०१७ देखि राम्रो सँग भलिबल खेलहरु हुन सकेका छैनन । भलिबल नेपालको राष्ट्रिय  खेल हुँदा पनि हामिले अन्य खेलहरुको तुलनामा भलिबल खेल नहुँदा चाँही दु:ख लाग्दो रहेछ । अब बिस्तारै अरु पनि प्रतियोगिताहरु हुने हो भने हामी भलिबल प्रेमीहरुलाई धेरै प्रोत्साहन् हुने थियो कि।

यस प्रतियोगिताको मुख्य प्रायोजक वोल्ड दरबार रेस्टुरेन्टका संचालक रमेश केसीले नेपालको सर्बाधिक लोकप्रिय खेल भलिबललाई यहाँको समुदायसँग जोड्न हीमालयन टाइगरसँग समन्वय गरेर प्रतियोगिता सन्चालन गर्ने मौका मिलेकोमा खुशी ब्यक्त गर्नु भयो । साथसाथै  सबै क्लबहरु, सामाजिक संघ संस्था तथा ब्यबसायीहरु मिलेर नियमित  रुपमा यस्ता प्रतियोगिताहरु आयोजना गर्नको लागि अनुरोध पनि गर्नुभयो ।

आयोजकको तर्फबाट बोल्दै बिमल गुरुङ्ले पहिलो पटक हुन लागेको भलिबल प्रतियोगितालाई साथ सहयोज र समर्थन गर्न सम्पुर्ण खेलकूद प्रेमी भिक्टोरीयन नेपाली समुदाएलाई सहभागीता जनाउन अनुरोध गर्नु भयो।यो पहिलो वल्ड दरबार कप भएको र वास्तवमै मेलबर्नमा भलिबलको क्रेजलाई जिवन्त राख्न भर्पुर कोशीसमा जुटेका छौ आगामी दिनमा यसलाई निरन्तरता दिदै लैजाने बताउनु भयो। 

खानाका परिकारका साथमा फोटोसुट र फेसबुक पेजमा सेमिफाइनलबाट लाइभ पनि हुनेछ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal