eNepal

सुदूरपस्चिम समाज भिक्टोरियाको वार्षीक साधारण सभा सम्पन्न, अध्यक्षमा नरेश रावल चयन

भिक्टोरियामा बसोवास गरिरहेका नेपाली सुदूरपश्चिमेलीहरुको संस्था सुदूरपश्चिम नेपाली समाज भिक्टोरीया (Far Western Nepalese Society of Victoria) को वार्षीक साधारण सभा सम्पन्न भएको छ। हिजो भएको बिशेष सभाले नरेश रावललाई सर्वसम्ममत अध्यक्ष पदमा मनोनयन गरेको छ। 

सभाले उपाध्यक्षमा द्वय लक्ष्मण सञ्ज्याल र दिप चन्दलाई चयन गरेको छ भने सचीवमा मनोज खड्का, सह सचीवमा विक्रम कुँवर, कोषाध्यक्षमा सुनील खड्का, सह कोषाध्यक्षमा राशिसिंह ठकुरी, सदस्यहरूमा सुरेश जोशी, केशव पन्त, सरला शाही, महेन्द्रसिंह महरा, प्रतिभा शाह चयन भएका छन्।

त्यस्तै खेल संयोजकमा धीरेन्द्र कुँवर र उपसंयोजक प्रदीप कुँवर चयन भएका छन्।

कार्यक्रममा सल्लाहाकारहरु डा. महेश भण्डारी र सुवास कुँवर लगाएत अन्य समुदाएका अगुवाहरुको उपस्थिती रहेको थियो।

सभालाई सम्बोधन गर्दै निबर्तमान अध्यक्ष माहादेव घानुकले नव पदाधीकारीहरुलाई बधाई तथा शुभकामना दिदै आगामी दिनमा सँस्थाले अझ राम्रा र उधाहरणीय कार्यक्रमहरु ल्याएर सँस्थालाई थप उचाईमा पुर्याउनेमा आफु विस्वस्त रहेको घारणा राख्नु भयो। उहाँले सँस्थाको प्रेसीडेन्ट रिपोर्ट पेश गर्नु भएको थियो भने निबर्तमान सचीव डा. यकिन्द्र तिमील्सिनाले आर्थीक विवरण प्रस्तुत गर्नु भएको थियो।

सन् २०१७ मा महादेव घानुकको अग्रसरतामा बिधीवत दर्ता भएको यस सँस्थाले भिक्टोरियावासी सुदूर पश्चिमेलीहरुलाई एकताबद्ध गरि आफ्नो मौलीक परम्परा, कला र सँस्कृतीलाई प्राथामिकता दिदै  बिभीन्न साँस्कृतीक कार्यक्रमका अलावा सामाजीक कार्यहरु समेत गर्दै आएको छ। 

कोभीड महामारीको बेला कोभिड–१९ खोप प्रोत्साहन गर्न चेतनामूलक कार्यक्रम लगायत, राहत सामाग्री बितरणका कार्यक्रम समेत सफल्तापूर्वक सम्पन्न गरी सकेको छ।

सँस्थाले आगामी १९ डिसेम्बरका दिन प्राथमिक उपचार र सिपीआर सम्बन्धी एकदिने तालीम आयोजना गर्ने भएको छ।यस तालीममा सहभागीता जनाउन ईच्छुक व्यक्तीहरुले निम्न नम्बरमा सम्पर्क गर्न सक्नु हुनेछ।

महादेव घानुक – 0433 898 829

नरेश रावल – 0426 819 450

दिप चन्द – 0424 119 679

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal