eNepal

नेप्लिज कम्युनिटी टेनीस क्लव भिक्टोरीयाले आयोजना गरेको टेनीस प्रतियोगिता सफतापुर्वक सम्पन्न

बिगत केही बर्ष देखी भिक्टोरीयाको नेपाली समुदाएलाई प्रतिनिधीत्व गर्दै टेनीस खेललाई सक्रिय रुपमा निरन्तरता दिदै बिभीन्न राज्य स्तरमा भएका खेलमा सहभागीता जनाउँदै आएको नेप्लिज कम्युनिटी टेनीस क्लव भिक्टोरीयाले टेनीस प्रतियोगिता भव्यताका साथ सम्पन्न गरेको छ।

गएको ३ र ४ डिसेम्बरका दिन फिल्ड स्ट्रिट आइन्ट्रीमा भएको दुई दिने प्रतियोगितामा बिगीनर्स र इन्टर्मिडीयट पुरुष एकलको प्रतियोगिताहरु भएका थिए।

इन्टर्मिडीयटतर्फ शंकर अर्याल विजेता भए भने उपविजेता अशोक गुरुङ बन्न सफल रहे।त्यस्तै बिगीनर्स तर्फका विजता कृष्ण पैयानी भए भने उपविजेता भिष्म गौतम भए। प्रतियोगीताको उदयमान खेलाडी निरजन पौडेल बने भने उत्कृष्ट खेलाडी गणेश अधिकारी बन्न सफल भए।

नेपाली सामुदायिक टेनिस क्लबका अध्यक्ष टोप आले मगरले सबै सहभागीहरू, कार्यकारी सदस्यहरू, प्रायोजकहरू, मुख्य अतिथिहरू एनआरएनए आईसीसीका उपाध्यक्ष दुर्गा आचार्य र सबैलाई धन्यवाद दिदै क्लवका भावी योजनाको बारे जानकारी गराउनु भयो।

कार्यक्रमा बोल्दै एनआरएनए आईसीसी उपाध्यक्ष दुर्गा आचार्य, एनआरएनए भिक्टोरीया उपसंयोजक नारायण कटुवाल, एएनएमसी अध्यक्ष गान्धी प्रसाद भट्टराई लगाएत एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेज मेल्बर्न प्रबन्धक सरोज शर्माले प्रतियोगितालाई सफलता पुर्वक सम्पन्न गरेकोमा आयोजकलाई धन्यबाद दिनु भएको थियो।

प्रतियोगीतामा मणि रतन सापकोटा, एक्सपर्ट एजुकेसन एण्ड भिषा सर्भिसेसबाट  सरोज बसन्त पोखरेल, हाम्रो कम्युनिचीका अध्यक्ष प्रकाश अर्याल, रोयल वेस्ट्रन क्लवबाट रोशन दाहाल लगाएत अन्य समुदायका अगुवाहरुको उपस्थिती रहेको थियो।  

बिजेता र उपबिजेता खेलाडीलाई जनही नगद $२०० र $१०० को साथमा रनिङ शिल्डको ब्यबस्था गरिएको थियो भने सबै सहभागीहरुलाई सर्टीफिकेटको ब्यबस्था गरिएको थियो।कार्यक्रमलाई सफलता पूर्बक सफल बधाउन साथ र सहयोग गर्नु हुने स्वयंसेवक, प्रायोजक,मिडिया पार्टनरलाई मायाको चिनो हस्तान्तरण गरिएको थियो।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal