eNepal

१८औं न्याभ कपको तयारीमा जुट्दै न्याभ, मुख्य प्रायोजकमा माक्सीम्याक्स एजुकेशन एण्ड माइग्रेसन

नेप्लिज एसोसिएसन अफ भिक्टोरियाको सिग्नेचर कार्यक्रमहरु मध्यको बहुप्रतिक्षित र प्रतिष्ठित खेलकुद प्रतियोगिता  “१८औं एनएभी क्रिकेट कप २०२२” आयोजना गर्ने भएको छ।

दुई महिना लामो हुने यो मेघा इभेन्ट आगामी १५ जनवरी, २०२३ बाट सुरुवात हुँदैछ।

यो बर्षको न्याभ क्रिकेट कपको मुख्य प्रायोजन म्याक्सीम्याक्स एजुकेशन एण्ड माइग्रेसन सर्भिसेजले गर्नेभएको छ।गएको आइतवार एक बिषेश कार्यक्रम गर्दै न्याभले यो कुरा घोषणा गरेको थियो।कार्यक्रमको पूर्ण विवरण यो भिडीयोमा क्लिक गरेर हेर्न सक्नु हुनेछ।

https://fb.watch/heeTm16UOD/?mibextid=qC1gEa

म्याक्सीम्याक्स एजुकेशन एण्ड माइग्रेसनका डाइरेक्टर शंकर धरेलले विद्यार्थी तथा युवाहरुका लागि खेलमा अवसर सिर्जना गर्ने, नेपाली समुदायमा एकता र सद्भाव बढाउंदै समुदायलाई स्थापित गर्न सहयोग गर्ने न्याभ कपमा मूख्य प्रायोजकका रुपमा जोडिन पाउँदा गौरव महसुस भएको बताउनुभयो। 

त्यसैगरी, म्याक्सीम्याक्सका अपरेसन म्यानेजर विवेक श्रेष्ठले समुदायमा हातेमालो गर्न तथा समुदायका हितमा अगाडी बढ्नका लागि यो राम्रो अवसर रहेको उल्लेख गर्दै क्लब, व्यवसायी लगायत समग्र समुदायलाई हातेमालो गर्न अनुरोध गर्नुभयो। 

न्याभ कपका अघिल्ला वर्षहरुमा संयोजकमा सफलता पूर्वक बिभीन्न खेलकुदका गतिबिधीहरु सम्पन्न गरिसक्नु भएका बर्तमान अध्यक्ष प्रेम राज उप्रेतीले यस पटकको न्याभ कप अझ उत्साहजनक हुने धारणा राख्नु भयो।बिगतका केही वर्ष खेलकुद संयोजक भएर काम गर्दाका अनुभवहरु अहिले समितीमा जोडीएका युवा भाइहरुसँग साट्दै यस बर्ष अझ भव्य अनि सभ्य र थप रचनात्मक हुने बताउनु भयो।

बर्तमान खेलकुद संयोजक दिप चन्दले यसपाली मुख्य प्रायोजकको म्याक्सीमेक्सले अग्रसरता देखाएको आफु खुसी भएको बताउँदै पुरस्कार राशी, टीमको सहभागीता लगाएत अन्य रोचक र सरप्राईज प्याकेजको लागि छिट्टै पत्रकार सम्मेलन मार्फत समुदाएलाई जानकारी दिने बताउनु भयो।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal