eNepal

जिलोङ नेप्लिज एसोसियसनको वार्षिक साधारण सभा सम्पन्न, निरज करणजीत पुन: अध्यक्ष पदमामा नियुक्त

जिलोङ तथा बार्वोन साउथ वेस्ट वरिपरी बस्ने जागरुक र उत्साही युवाहरुको सँस्था जिलोङ नेप्लीज असोसियसनको दसौं वार्षीक साधारण सभा हिजो ऐक बिशेष कार्यक्रमको साथ सम्पन्न भएको छ।हिजो सम्पन्न भएको दशौ वार्षिक साधारण सभाबाट चौथो कार्यकाल लागी अध्यक्ष पदमामा निरज करणजित नियुक्त हुनु भएको छ।संस्थाका उपाध्यक्षमा अन्जना रौनियार (ईलेक्टेड) र अर्का उपाध्यक्षमा सम्राट चन्द ठकुरी नियुक्त भएका छन् भने सचिवमा क्षितिज चन्द्र राई, कोषाध्यक्षमा नविन नायक, सह सचिवमा रन्जिता के सी चयन भएका छन्। सँस्थाको साधारण सदस्यमा सुरेन्द्र न्यौपाने, रन्जीत घिमिरे, रुपेश शम्सेर ज ब रा के सी, प्रकाश थपलिया मनोनयन भएका छन्। सँस्थाका सल्लाकार सदस्यहरुमा बिष्णु ढकाल, दिपक आचार्य, नगेन्द अवस्थी, बिमल आचार्य, उस्बी टौजले चयन भएका छन्

 

कार्यक्रमको शुरुवात क्षितिज चन्द्र राईले गर्नु भएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य  सुरेन्द्र न्यौपानेले गर्नु भएको थियो । जिएनएको वर्षिक कार्यक्रमको जानकारी संस्थाका अध्यक्ष निराज कारणजितले गर्नु भयो भने यस बर्षको कुल $५८५८५ रकमको आर्थीक विवरण नविन नायकले पेश गर्नु भएको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्षले २०२३ को लागि स्विकृत भैसकेको आर्थीक सहयोग कुल $३९००० को बारेमा सदस्यहरुलाई जानकारी दिनु भएको थियो भने आउँदै गरेको Water Safety & Beach Program को महत्व र सहभागीको लागि अनुरोध गर्नु भएको थियो ।

त्यस्तै गरी उपाध्यक्षको महिला तर्फ १ भन्दा बढी नोमिनेशन परेको हुँदा, चुनाब प्रकृया चुस्त र दुरुस्त गर्नको लागि निर्वाचन आयुक्तको जिम्मेवाी प्रकाश थपलियाले लिनु भएको थियो । कार्यक्रममा संस्थाका  अधक्ष्यक्ष निरज करणले capacity building र volunteerism किन आवश्यक छ र संस्थाको भावी रणनिती बारे छोटकरीमा प्रकाश पार्नु भएको थियो।

सदैव समाजप्रति उत्तरदायित्व रहेको जिलोङको सबैभन्दा जीवन्त र समावेशी नेपाली समुदाय (जि एन ए) बिगत १० बर्ष देखी नेपाललाई चिनाउँदै नेपालको सँस्कृति, कला, परम्परा, भाषा र  पोशाकको बारेमा प्रचार प्रसार र संरक्षण गर्नुको साथ साथै बिभिन्न चेतना मुलक कार्यक्रमका साथै बिभीन्न खेलकुद गतिबिधीहरु गर्दै आइरहेको छ ।

 

जिलोङवासी नेपालीहरुलाई साथ सहयोग रहकहितकोलागी काम गर्दै आइरहेको सबैको साझा सपना बोकेको यो  संस्था हिजो पनि  नेपाली समुदायको निमित्त खडाभएको थियो, आज पनि हाम्रो निमित्त बोलिरहेको छ र भोलिकोदिनमा पनि हाम्रो लागि नै आवाज उठाइरहने छ

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal