eNepal

हिमालयन योगीको योग शिविर मार्फत डिवीएसले गर्यो ६००० डलर सहयोग हस्तान्तरण

मेल्बोर्न, अस्ट्रेलिया

दिदीबहिनि समाज, भिक्टोरियाले आयोजना गरेको घरेलु हिंसा बिरुद्धको सोह्र दिने एकिवद्धता कार्यक्रम अन्तर्गत तेश्रो दिन अष्ट्रेलिया  महादेसशको भिक्टोरिया राज्य अन्तर्गत वेस्ट मेल्वर्न  वैरवी विचमा नि:शुल्क योग  शिविर सम्पन्न भएको छ। योग शिविर वैरवी खोला र प्रशान्त महासागरको दोभानको शान्त वातावरणमा,नदीको आवाज सँगै सुन्दर सामुद्रीक किनार स्थित हरियो घाँसे मैदानमा सन्चालन गरिएको थियो। योगशिविरको लागी दिदीबहिनी सामाज भिक्टोरिया वेस्ट ईकाइले व्यवस्थापनको भुमिका गरेको थियो।

 

हिमालयन योगीको नामले राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा परिचित योगी मधुसूदनले योग प्रशिक्षण गराउनु भएको थियो। योग प्रशिक्षणको क्रममा हिमालयन योगी मधुसूदनले हिंसा अरुको लागि मात्र नहुने पहिला आफै माथिको हिंसा बिरुद्ध अभियान चलाउनुपर्ने बताउनु भयो। हामीले आफूले आफै माथि ठुलो अन्याय गरिरहेका छौ। आफै माथि हिंसा गरिरहेका छौं। आहार , बिहार र बिचारको सहि व्यवस्थापन गर्दै आशक्तिरहित  पूरुषार्थ (कर्म) गरेर स्वधर्म पूरा गरेको खण्डमा मात्र आफै माथिको हिंसा समाप्त हुन्छ । जव आफुमाथि हिंसा गरीदैन अनि अरु प्रति पनि हिंसाको भावनानै आउंदैन । हिंसा शारिरिक रूपमा , मनिसिक रुपमा र वाचिक रुपमा नै अन्त्य हुनुपर्ने पनि वताउनु भयो। योगले मानव चेतना जागृत गर्दछ। चैतैन्य भएपछि हिंसामुक्त बिचार , हिंसा मुक्त परिवर , हिंसा मुक्त समाज , हिंसा मुक्त राष्ट्र र हिंसा मुक्त संसार हुने पनि बताउनुभयो। साथै योगी मधुसूदनले योग गरौं हिंसा बिरुद्ध उभिउं भनेर दुई घन्टा लामो प्रशिक्षणको क्रममा योग बिज्ञान को महत्व, योगको बिभिन्न आयामहरु ,जीवनशैली र स्वधर्मको बारेमा प्रष्ठ पार्नु भएको थियो। योगलाई  सबैले जीवनको आधार बनाउनुपर्ने पनि बताउनु भयो।

 योगशिविरको उद्घाटन सामिजिक अभियन्ता, योगभ्यासी, दिदीबाहिनि समाज, भिक्टोरिया की सदस्य र सोही संस्था की वेस्ट ईकाइकी  ब्यबस्थापक रोशनी श्रेष्ठले गर्नु भएको थियो। उंहाले उद्घाटनको शूरूमै हिमलयन योगीको नामले परिचित मधुसूदनले अष्ट्रेलियाको माटोको लगी धेरै गुण लगाउनु  भएको छ, बुश फाएर ,कोविडको महामारी र अहिले हिंसा बिरुद्धको अभ्यानमा साथ र समर्थन गर्दै निःशुल्क रुपमा बृहत योगध्यान शिविर गराएर आम मानिसको शारिरि, मानसिक  र आध्यात्मिक स्वास्थ्यको लागी महत्वपुर्ण योगदान दिनुभयेको छ भनेर योगगुरु मधुसूदनको प्रशंसा गर्नु भयो। उहाले योगध्यान हिंसा बिरुद्ध अभियाननको लागी ठूलो हतियार  हुने बताउंदै सोह्र दिने हिंसा बिरुद्ध अभियानमा योगध्यान शिविर राख्न ठूलो भुमिका निभाउनु भएको थियो। साथै हिमालयको भूमिवाट उत्पति भएको योग विस्वव्यापि बनाउनुपर्ने बताउंदै योगभूमि नेपालको स्मरण गराउनुभएको थियो।

 

 

 शिविरको अन्त्यमा दिदीबहिनी समाज भिक्टोरियाले हरितालिका तीज को कार्यक्रम मार्फत उठाएको छ हजार अस्ट्रेलियन डलर घरेलु हिंसा बिरुद्ध काम गरिरहेको सुदूरपश्चिमको ‘आवाज’ नामक एक गैह्र नाफामुलक संस्थालाई सहयोग हस्तान्तरण गरिएको थियो । रकम हस्तान्तरण  संस्थाकी अध्यक्ष डा.जमुना पराजुलि, सदस्य रोशनी श्रेस्ठ , हिमालयन योगी मधुससूदन र संस्थाको सदस्यहरुद्वारा  संयुक्त रुपमा गरिएको थियो। संस्थाकी अध्यक्ष डा. जमुना पराजुलिले संस्थाले गरिरहेको वार्षिक कर्यक्रमहरुको बरेमा पनि प्रष्ठ पार्नुभयो। संस्थाले के कस्ता कार्य गरिरहेको र कतिलाई सहयोग गरिरहेको पनि बताउनु भयो । घरेलु हिंसा र लैंगिक हिंसा  बिरुद्ध बोल्न, डटेर लाग्न पनि सबै लाई आवहान गर्नु भएको थियो । अन्त्यमा क्यानवेरा विस्वबिद्यालयको एशोसिएट्स प्रोफेसर डा. किशोर वैद्यले हस्यकला र फाइदाको बरेमा बोल्नुभएको थियो।

 योग शिविरमा सवैलाई सुन्तला रंगको टोपी र पहिरनमा आउन भनिएको थियो। सुन्तला रंगलाई संस्थाले सुनौलो भविष्य र हिंसा वाट मुक्त अभियानको रूपमा  प्रयोग गरेको थियो। । योग शिबिरमा सवै समुदाय र उमेर समुहको सहभागिता रहेको थियो।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal