अस्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको आगामी कार्यकालको अध्यक्ष पदको लागि गान्धी प्रसाद भट्टराई निर्बिरोध चयन हुनु भएको छ। उहाँसँगै उपाध्यक्षमा सुधीर शाक्य, कुसुम पोखरेल, सचिवमा तिलक पोखरेल, कोषाध्यक्षमा अर्जुन ढकाल, सहकोषाध्यक्षमा अनन्त पौडेल चुनिएका छन्। यस्तै सदस्यहरुमा मनोज घिमिरे, आत्मा रिजाल, दिपक आचार्य, भीम न्यौपाने, सुमिता मल्ल भण्डारी र ज्योति सिंखडा निर्विरोध भएका छन् । सहसचिव भने पछि मनोनयन गरिने भएको छ ।

डा. भोला गिरीको अध्यक्षतामा निर्वाचन समिति समेत गठन गरिएको थियो जसको सदस्यहरुमा डा. सुरेन्द्र रौनियार, गणेश अधिकारी, माधुरी मास्के र श्री पन्थ रहेका थिए ।
अष्ट्रेलियन नेपाली बहु-सांस्कृतिक केन्द्र (ANMC) ले आगामी २७ नोभेम्बर आइतबारका दिन ईस्टोनीयन हाउसमा वार्षिक साधारण गर्ने निर्णय गरेको छ।
ईनेपालसँग कुरा गर्दै अध्यक्ष गान्धी भट्टराईले पहिलो प्राथमिकतामा भिक्टोरिया सरकारले बहुसांस्कृतिक केन्द्रलाई तत्काल सञ्चालन गर्नलाई दिएको करिब तीन लाख अष्ट्रेलियन डलर अनुदानको कामको बिवरणको रिपोर्ट ६ महिनाभित्र पेश गर्नु पर्ने भएकोले सबै सदस्यहरुलाई यस कार्यमा सहभागीता जनाउन अनुरोध गर्नु भएको छ।
भिक्टोरियाका नेपाली समुदायका १,२०० भन्दा बढी आजीवन सदस्यहरू रहेको अष्ट्रेलियन नेप्लीज मल्टिकल्चरल सेन्टरले नेपाली सामुदायिक भवन, पशुपतिनाथ मन्दिर र बौध्द गुम्बा सहित बिभिन्न प्रयोजनको लागि डिगर्स रेस्ट स्थित १०० डण्कन्स लेनमा १५ एकड जग्गा खरिद गरेको छ। केही साता अगाडी मात्र भिक्टोरीया राज्य सरकारको ईन्फ्रास्ट्रक्चर ग्रान्ट अन्तर्गत ३ लाख ९ हजार डलर सहयोग प्राप्त भएको छ।

