eNepal

शेपार्टनका बाढी प्रभावितहरुलाई सहयोग जटाउन भिक्टोरीयाका नेपाली भए एकजुट

ग्रेटर शेपार्टन र वरपरका क्षेत्रमा विगत केही साता यता लगातार परेको वर्षा र बाढीका कारण विभिन्न स्थान बाढीबाट प्रभावित भएका छन्।बाढी प्रभावित व्यक्ति तथा परिवारहरुलाई सहयोग गर्ने हेतुले शेपार्टन निवासी समाजसेवी मीना मल्लको नेतृत्वमा शेपार्टन फूडसेयरको लागि कोष जुटाउन बाढी आपतकालीन अभियान शुरु गरिएको थियो।

दिदीबहिनी समाज शेपार्टन शाखाकी संयोजक समेत रहेकी मीना मल्लले भिक्टोरीयामा रहेका बिभीन्न नेपाली सँघ संस्थाहरुसँगको सहकार्यमा कोष सङ्कलन गरेर बाढी प्रभावितहरुलाई सहयोग गरेकी छन्।

नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (न्याभ), एनआरएनए अष्ट्रेलिया, क्रेगीवन नेप्लिज एथ्निक स्कूल, दिदीबहिनी समाज भिक्टोरिया, फार वेस्टर्न नेपाली सोसाइटी अफ भिक्टोरिया, जनसम्पर्क समिति अष्ट्रेलिया लगायतले उक्त कोष संकलन अभियानमा साथ दिएका थिए ।

संयोजक मीना मल्लले दिएको जानकारी अनुसार हाल सम्म दुई चरणमा गरी ४५ सय डलर आर्थिक तथा ३५ झोला ड्राई फुड लगायतका सहयोग सामग्रीहरु शेपार्टन फुडशेयरलाई प्रदान गरिएको छ।

 

 

नेपाली समुदायबाट उठेको रकम १५ सय डलर पेपल मार्फत शेपार्टन फुडशेयरलाई प्रदान गरिएको छ भने बाँकी २९६६ डलर ४ नोभेम्बरका दिन भिक्टोरीयाको नेपाली समुदाए र स्थानीयको रोहबरमा हस्तान्तरण गरिएको छ ।

नेपालीहरुको अग्रणी संस्था नेप्लिज एसोसियसन अफ भिक्टोरियाका पूर्व अध्यक्ष राम गुरुङले स्वयंसेवक र बाढीपीडितहरूलाई सांस्कृतिक रूपमा उपयुक्त टेक-अवे खाना प्रदान गर्नु भएको थियो भने व्यक्तिगत रूपमा सबै नेपालीलाई यस उदार अभियानमा सामेल हुन आग्रह गर्नु भयो। उहाँले शेपार्टन फूडसेयरलाई ६० किलो लामो सेतो ग्रेन राइस प्याक प्रदान गर्नु भएको थियो।

दिदीबहिनी समाज भिक्टोरियाले देउसी भैलो मार्फत सङ्कलित रकम र ३५ वटा ताजा खाना र अत्यावश्यक किराना सामान शेपार्टन फुडसेयरलाई प्रदान गरेको मल्लले जानकारी गराईन्।

उनले डुबानमा परेका दुई नेपाली परिवार सुरक्षित रहेको र उनीहरूसँग सम्पर्कमा समेत रहेको र अन्स तीन परिवारहरू आफ्ना बच्चाहरूको साथमा आपतकालीन राहत केन्द्रमा आश्रय लिएको बताईन्।

त्यस्तै दुई परिवारलाई साथीको घरमा सारिएको थियो र उनीहरूसँग सम्पर्कमा रहेको सवैलाई सवम्सेवक हेम केसीले सम्पर्क गर्दै उहाँरुको अवस्था बारे जानकारी लिएका थिए ।

केहीलाई आपतकालीन राहत केन्द्र मार्फत घरमा अति जरुरी समान वितरणको ब्यबस्था गरिएको थियो।

कुनै पनि नेपाली परिवारहरुमा कुनै धनजन को क्षती नभएको जानकारी पाएकोमा खुशी व्यक्त गरेकी थिईन्।

भिक्टोरीयाको नेपाली समुदायले देखाएको हार्दिकता प्रति ग्रेटर शेपार्टन सिटी काउन्सिलले आभार व्यक्त गरेको छ । इथ्निक काउन्सिल अफ शेपार्टनको तर्फबाट क्रिश हेजलम्यानले विपत्तीको समयमा नेपाली समुदायले एकजुट भएर गरेको सहयोगप्रति आभार व्यक्त गरे। त्यस्तै सिटी काउन्सिलका मेयर शेन साली, त्यस्तै उपमेयर एन्थोनी ब्रोफी, सीमा अब्दुल्ला, जेफ डोब्सनले पनि मल्लसहित नेपाली समुदायले गरेको सहयोगात्मक कार्यप्रति आभार प्रकट गरेका छन् । 

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal