भिक्टोरियन लिबरल फ्रेन्ड्स अफ नेपालले लिबरल उम्मेद्वारहरू र वर्तमान सांसदहरूसँग नेपाली सामुदायसँग साक्षात्कार एवम् अभिवादन कार्यक्रम सम्पन्न गरेको छ।
नेपाली समुदायलाई लिबरल उम्मेदवारहरूको परिचय दिनुका साथै राजनीतिक प्रणालीमा हाम्रो समुदाएको आवाज सुन्न सकिने मञ्च सिर्जना गर्न कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो।

हाम्रो समुदायले अस्ट्रेलियन राजनीतिक प्रणालीको बारेमा सिक्ने अवसरका साथै हाम्रो समुदायले अस्ट्रेलियन राजनीतिकमा कसरी योगदान दिन सक्छौं भन्ने उद्देश्यका साथ यो कार्यक्रमको आयोजना गरिएको भिक्टोरियन लिबरल फ्रेन्ड्स अफ नेपालका सदस्य केशव कण्डेलले बताए।

व्यक्तिगत र समुदायको फाइदाको लागि बलियो राजनीतिक छलफल, बहस र अन्तरक्रिया गर्न प्लेटफर्मको रुपमा कार्यक्रम आयोजना गरिएको थियो।

सुदीप न्यौपानेद्वारा सन्चालित सो कार्यक्रममा ला ट्रोबका लागि प्रतिनिधि सभा माननीय सांसद जेसन वुड, पूर्वी महानगर क्षेत्रका लागि माननीय सदस्य ब्रुस एटकिन्सन, विपक्षी नेता माननीय पीटर डटन सांसद को सल्लाहकार कार्तिक आरासु, सनबरीका लागि लिवरल उम्मेदवार सिमोन कोटम, ब्रोडमिडोजका लागि लिवरल उम्मेद्वार बारिस डुजोभा, पास्कोभेलका लागि लिवरल उम्मेद्वार टम राइटको उपस्थिती रहेको थियो।

कार्यक्रम स्थलको क्षमता ५० मात्र रहे पनि खचाखच भरिएको हलमा ५७ जना उपस्थित थिए । उपस्थित सबै व्यापारी वा समुदायका नेताहरू थिए।
उम्मेदवारहरूले भिक्टोरियन अर्थतन्त्रलाई अझ राम्रो बनाउन आफ्नो दृष्टिकोणलाई रूपरेखा राखेका थिए।
माननीय सांसद जेसन वुडले हाम्रो समुदायले कसरी लिबरल पार्टी भित्र मुलधारको राजनीतिमा प्रवेश गर्न सक्छ भनेर सुन्दर ढंगले व्याख्या गरेका थिए। उनले क्रिकेट जस्ता खेलले समुदायलाई कसरी एकताबद्ध गर्न सक्छ भन्ने बारे पनि आफ्नो दृस्टीकोण राखेका थिए भने माननीय ब्रुस एटकिन्सनले लिबरल पार्टीको मूल्य र दृष्टिकोणलाई स्पष्ट पारे।

कार्यक्रम संयोजक टोनोउ गोथानेले लोकतान्त्रिक निर्वाचन प्रक्रिया, अष्ट्रेलियाको राजनीतिक प्रणाली बुझ्न र समुदायमा योगदान पुर्याउन नोभेम्बरको चुनावमा स्वयंसेवकको रूपमा भाग लिनुपर्ने महत्त्वका बारे जोड दिए। उनले सबै आमाबाबुले आफ्नो दोस्रो पुस्ताका बच्चाहरूलाई जीवनको सुरुमै स्वयंसेवक कार्य र अष्ट्रेलियाको राजनीतिक प्रणालीमा जान प्रोत्साहन गर्नुपर्ने धारणा राखे।
विपक्षी नेता सांसद माननीय म्याथ्यु गेले डिगर्स रेस्टमा नेपाली सामुदायिक केन्द्र निर्माण गर्न २ मिलियन डलरको प्रतिबद्धता गर्नुभएको छ।

