eNepal

तास्मानियामा पहिलो पटक नेपाल फेस्टीभल हुँदै, दश हजार भन्दा बढीको सहभागीता रहने अनुमान

अस्ट्रेलीयाको तास्मानियामा पहिलो पटक नेपाल फेस्टीभल हुने भएको छ। आगामी नोभेम्बर ६ तारिख आईतबारका दिन तास्मानियाको पार्लियामेन्ट गार्डन सालामन्का होबर्टमा आयोजना हुने नेपाल फेस्टीभलको तयारी अन्तिम चरणमा पुगेको एनआरएन तास्मानियाका संयोजक राकेश शाक्यले जनाएका छन्।

तास्मानियाको नेपाल फेस्टिभलमा नेपालका चर्चित कलाकार दिपक बज्राचार्यको ‘द रिदम’ व्याण्डले प्रस्तुति दिने छ भने फेस्टिभलमा परेड, नेपाललाई चिनाउने नेपाल हाउसका साथै नेपाली कलाकारहरुको सांगीतिक प्रस्तुतीहरु पनि रहने छन्। कार्यक्रममा स्थानीय कलाकारहरुतो ब्याण्ड अर्थ ब्याण्ड र हिमालयन रकफिल्ड ब्याण्डका कलाकारले आफ्नो प्रस्तुती देखाउने छन्।

तास्मानियामा रहेका नेपाली भाषी समाजिक संघसंस्था, खेलकुदसँग सम्बन्धित संघसस्थाको साथ र सहयोग रहेको फेस्टिबलमा नेपाली बाजागाजा र जातजातीका अलगअलग पहिचानसहितका झाँकीको प्रस्तुती रहने एनआरएन तास्मानियाका संयोजक राकेश शाक्यले जनाएका छन्।

नेपाली कला र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्य सहित एनआरएनए मेल्वर्नले यो फेस्टिवल आयोजना गरेको हो । नेपाल फेस्टिवल अष्ट्रेलियाको हरेका राज्यमा एनआरएनएले दुई वर्षको अवधिमा निरन्तर गरिरहने भएकोले पनि यसलाई एनआरएनएको सिग्नेचर कार्यक्रमको रुपमा लिन सकिन्छ ।

अस्ट्रेलियामा नेपाललाई चिनाउने उत्सवका रूपमा मनाइने नेपाल फेस्टिभलमा सबै नेपालीलाई सहभागी हुन संयोजक शाक्यले आग्रह गरेका छन्।

कार्यक्रममा तास्मानियाका संस्कृती मन्त्री एलसी आर्चर, उपमन्त्री एला हाडड, अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेल लगायतका अतिथिहरूको सहभागिता हुनेछ ।

फेस्टिभललाई केबिए ग्लोबल एजुकेसन एन्ड माइग्रेसन र आरजिआइटी अस्ट्रेलियाले मुख्य प्रायोजन गरेका छन् ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal