eNepal

एएनएमसीको वार्षिक साधारण सभा २७ नोभेम्बरमा, नयाँ कार्यसमितीको चयन मतदानबाट गरिने

अष्ट्रेलियन नेपाली बहु-सांस्कृतिक केन्द्र (ANMC) ले आगामी २७ नोभेम्बर आइतबारका दिन वार्षिक साधारण गर्ने निर्णय गरेको छ। 

समितिले भोला गिरीको नेतृत्वमा निर्वाचन समिति पनि गठन गरेको छ । निर्वाचन समितिले अर्को दुई वर्ष (२०२२-२४) सम्म एएनएमसीलाई सेवा दिन नयाँ कार्यसमिति गठन गर्न निर्वाचन प्रक्रियाको व्यवस्थापन गर्नेछ। निर्वाचन समितिको संयोजकमा भोला गिरी रहेका छन् भने सदस्यहरुमा डा सुरेन्द्र रौनियार, गणेश अधिकारी, माधुरी मास्के र श्री पन्त रहेका छन्।

निर्बाचन समितीले निर्बाचन क्यालेन्डर निकाल्दै आउँदो २० नोभेम्बर बिहान ९ बजे बाट साँझ ५ बजे सम्मको लागि निर्बाचनको समय निर्धारण गरेको छ।समितीले उम्मेदवारीको लागि नोभेम्बर ६, ७, ८ र ९ गते सम्म आवेदन खुल्ला गरेको छ भने ११ नोभेम्बरका दिन उम्मेदवारहरुको नामावली प्रकाशन गर्ने भएको छ। उम्मेदवारहरुको दावी र बिरोधको लागि १२ र १३ नोभेम्बर तय भएको छ भने दावी बिरोध उपर जाँचबुझ र उम्मेदवारहरुको अन्तिम नामावली १४ नोभेम्भरमा प्रकाशीत गरिने भएको छ। त्यस्तै उम्मेदवारहरुले नाम फिर्ताका लागि १५, १६ र १७ नोभेम्बरलाई तय गरिएको छ। उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन १८ नोभेम्बरमा गर्ने निर्बाचन समितीले जनाएको छ।

भिक्टोरियाका नेपाली समुदायका १,२०० भन्दा बढी आजीवन सदस्यहरू रहेको अष्ट्रेलियन नेप्लीज मल्टिकल्चरल सेन्टरले नेपाली सामुदायिक भवन, पशुपतिनाथ मन्दिर र बौध्द गुम्बा सहित बिभिन्न प्रयोजनको लागि डिगर्स रेस्ट स्थित १०० डण्कन्स लेनमा १५ एकड जग्गा खरिद गरेको छ। यो बर्षको बढा दशैंको शुअबसर पारेर इतिहाँसमानै पहिलो पटक आफैले खरिद गरेको जग्गामा बिधीवत जमरा रोप्दै दशैं बिशेष कार्यक्रम पनि भव्यताका साथ सम्पन्न गरेको छ।त्यस्तै केही साता अगाडी मात्र भिक्टोरीया राज्य सरकारको ईन्फ्रास्ट्रक्चर ग्रान्ट अन्तर्गत ३ लाख ९ हजार डलर सहयोग प्राप्त भएको छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal