eNepal

न्याभ बाल दिवश भव्यताका साथ सम्पन्न, दोश्रो पुस्ताको बाक्लो सहभागीता

हरेक बर्ष जसो यस वर्ष पनि नेप्लिज एसोशियसन अफ भिक्टोरीया न्याभले आयोजना गरेको बाल दिवस भव्यताका साथ सम्पन्न भएको छ। मेल्बोर्नमा नेपाली भाषा पठनपाठन गराईने आठ बिधालयका  बिधार्थी भाईबहिनीहरुको सहभागीता रहेको कार्यक्रममा बिभीन्न खेलकूद, सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रमहरु थिए।

कार्यक्रमको शुरुवात उपस्थित बालबालिका र उनीहरुका अभिभावकको प्रभातफेरीबाट  भएको थियो।

 

कार्यक्रममा भिक्टोरिया मल्टीकल्चरल कमिशनका अध्यक्ष भिभेन न्युगेन, लेवर पार्टीको तर्फबाट पास्को भेलका उम्मेद्वार एन्थोनी सिएनफ्लोन, न्याभका संस्थापक अध्यक्ष डा. राजु अधिकारी तथा पूर्व अध्यक्ष डा. अनुपम पोखरेल लगाएत समुदाएका बिशीस्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो।

यस बर्षको न्याभ बाल दिवसमा साँस्कृतीक नृत्य, गायन, हाँजिरजवाफ, फेस पेन्टिङ लगाएत किड्स स्पिच,फ्लोर एक्टिभीटिज, लगाएत बिभीन्न मनोरन्जनात्मक कार्यक्रमहरु समावेश गरिएको थियो। 

यस पाली न्याभ बाल चौतारी थोमास्टाउन, न्याभ बाल चौतारी वेस्ट, न्याभ बाल चौतारी विन्ड्म, ईपिङ वलर्ट बाल वाटीका, बाल सँसार ग्लेनरोय, हाम्रो नेपाली पाठशाला मेल्बोर्न, क्रेगीबन नेपाली ईथिनीक स्कुल र बाल विकाश पाठशाला मरन्डाले सहभागीता जनाएका थिए।

कार्यक्रमको मुख्य आकर्षणको रुपमी रहेको हाजिरीजवाफ प्रतियोगिता रहेको थियो जसमा न्याभ बालचौतारी थमसटाउनको टीम ए प्रथम भएको थियो भने क्र्यागिवर्न नेपाली एथनिक स्कूल द्वितीय, डिएमएनसी बालविकाश पाठशाला तृतिय भएको थियो। त्यसैगरी कुर्सी दौडमा पियुस चालिसे प्रथम भएका थिए। प्रतिस्पर्धामा उत्कृष्ट स्थान हाँसिल गर्ने बालबालिकाहरुलाई अवार्डसहित सम्मान गरिएको थियो। अवार्डलाई डेन्टल हपर्सले प्रायोन गरेको थियो।

न्याभका उपाध्यक्ष ललिशा थापा र कार्यकारी सदस्य लक्ष्मण सन्ज्यालले कार्यक्रम सञ्चालकको रुपमा जुझारु उद्घोषक द्धोय श्रीविन आचार्य र निर्जला गौलीलाई मन्चमा आमन्त्रण गरेका थिए भने  सहसचिव अलोक पौडेलले कार्यक्रम सहजीकरण गरे ।

स्वास्थ्यको कारण अनुपस्थिती जनाएका न्याभका अध्यक्ष प्रेमराज उप्रेतीले कार्यक्रमलाई भव्य रुपमा सफल बनाउन साथ सहयोग र समर्थन जनाउनु हुने कमीटीका सदस्यहरु, स्वेमसेवकहरु, सम्पूर्ण बिधालय र सहभागी बिधार्थी भाईबहीनीहरु, प्रायोजक लगाएत उपस्थिती सबैलाई बिशेष धन्यबाद दिनु भएको थियो।

कार्यक्रम सफल गर्नको निम्ती उपाध्यक्ष कृष्ण चालिसेले गतिविधि व्यवस्थापन तथा बालबालिका संयोजक निरन्जन रेग्मीले सबै विद्यालयहरुसँग सहकार्य गरेका थिए भने उपाध्यक्ष ललिशा थापा, दीप चन्द, उज्जवल अधिकारी, कृष्ण चालिसे र कोषाध्यक्ष एकेन्द्र तिमिल्सिनाले लोजिस्टिक सम्बन्धी कामको जिम्मा लिएका थिए ।

सन् २००५ बाट न्याभले हरेक बर्ष बाल दिवश मनाउँदै आएको छ। बढ्दो नेपालीहरुको सँख्यासँगै हरेक बर्ष बिधार्थी भाई बहिनीहरुको सहभागीता बढ्दै गएको छ। बिषेशत: बिदेशमा जन्मी हुर्केका दोश्रो पुस्तालाई नेपाली मौलीक कला सँस्कृती भाषाको बारे जानकारी दिने हेतुले हरेक बर्ष न्याभले बाल दिवस कार्यक्रम मनाउदै आएको छ। 

कार्यक्रमलाई नेप्लिज मार्टले मुख्य प्रायोजन गरेको थियो भने एनआरएनए भिक्टोरियासहित एस्कन होम्स, चान्डलर आरटीओ, एक्सपर्ट एजुकेशन माइग्रेसन, आईसीएस इन्टरनेशनल एजुकेशन माइग्रेसन, जेन माइग्रेसन एजुकेशन, लालिगुरास ग्रासरी, नारायण पुरोहित सेवा, सल्भ एजुकेशन, ग्लेन इन्सिटट्युट, यात्रा द कनेक्सन, ग्रेस इन्टरनेशनल, सुत्र सर्भिसेस, म्याक्सीम्याक्स माइग्रेसन, एभरेष्ट डाइनिँग सेन्टर, सेन्ट्रल अष्ट्रेलियन कलेज, सरोज भट्टराई, डेन्टल हपर्स, एडब्लुटआई, बेटर चोइस लगायतले सहयोग गरेका थिए। यस्तै हङ्ग्री रेष्टुरेन्ट हस्पिटालीटी पार्टनर रहेको थियो ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal