eNepal

न्याभले भोली बाल दिवश मनाउँदै, ८ नेपाली बिधालयले सहभागीता जनाउने

हरेक बर्ष जसो यस वर्ष पनि नेप्लिज एसोशियसन अफ भिक्टोरीया न्याभले बाल दिवस आयोजना गर्ने भएको छ। भोली यानिकी ३० अक्टुवर आईतवारका दिन बिहान १० बजे ३ बजे सम्म हुने सो कार्यक्रम कोबर्ग टाउन हलमा हुँदैछ।

मेल्बोर्नमा नेपाली भाषा पठनपाठन गराईने आठ बिधालयहरु सहभागीता जनाउने यस बर्षको न्याभ बाल दिवसमा साँस्कृतीक नृत्य, गायन, हाँजिरजवाफ, फेस पेन्टिङ लगाएत किड्स स्पिच,फ्लोर एक्टिभीटिज, लगाएत बिभीन्न मनोरन्जनात्मक कार्यक्रमहरु समावेश गरिएको न्याभककी उपाध्यक्ष  ललीशा थापाले जानकारी दिनु भयो।

प्रतिस्पर्धामा उत्कृष्ट स्थान प्राप्त गर्ने बालबालिकाहरुले अवार्डसहित सम्मान गरिदै छ।डेन्टल हपर्सले सबै प्रतियोगिहरुलाई उपहारले सम्मान गर्ने भएको न्याभका अध्यक्ष प्रेमराज उप्रेतीले बताए ।

कार्यक्रमलाई सफल बनाउन उपाध्यक्ष कृष्ण चालिसेले गतिविधि व्यवस्थापन तथा बालबालिका संयोजक निरन्जन रेग्मीले सबै विद्यालयहरुसँग सहकार्य गरेका छन् भने उपाध्यक्ष ललिशा थापा र दीप चन्दले लोजिस्टिक सम्बन्धी कामको जिम्मा लिएका छन् । कोषाध्यक्ष डा. एकेन्द्र तिमिल्सिना र सहसचिब अलोक पौडेलले सम्पूर्ण अतिथि सत्कारको जिम्मा लिएको सचिव खरेलले बताए ।

यस पाली न्याभ बाल चौतारी थोमास्टाउन, न्याभ बाल चौतारी वेस्ट, न्याभ बाल चौतारी विन्ड्म, ईपिङ वलर्ट बाल वाटीका, बाल सँसार ग्लेनरोय, हाम्रो नेपाली पाठशाला मेल्बोर्न, क्रेगीबन नेपाली ईथिनीक स्कुल र बाल विकाश पाठशाला मरन्डाले सहभागीता जनाउँदै छन्।

सन् २००५ बाट न्याभले हरेक बर्ष बाल दिवश मनाउँदै आएको छ। बढ्दो नेपालीहरुको सँख्यासँगै हरेक बर्ष बिधार्थी भाई बहिनीहरुको सहभागीता बढ्दै गएको छ। बिषेशत: बिदेशमा जन्मी हुर्केका दोश्रो पुस्तालाई नेपाली मौलीक कला सँस्कृती भाषाको बारे जानकारी दिने हेतुले हरेक बर्ष न्याभले बाल दिवस कार्यक्रम मनाउदै आएको छ। 

भिक्टोरियन  सरकारको सहयोगमा गुन लागेको कार्यक्रमलाई नेप्लीज मार्टले मुख्य प्रायोजन गरेको छ भने एनआरएनए भिक्टोरियासहित एस्कन होम्स, चान्डलर आरटीओ, एक्सपर्ट एजुकेशन माइग्रेसन, आईसीएस इन्टरनेशनल एजुकेशन माइग्रेसन, जेन माइग्रेसन एजुकेशन, लालिगुरास ग्रासरी, नारायण पुरोहित सेवा, सल्भ एजुकेशन, ग्लेन इन्सिटट्युट, यात्रा द कनेक्सन, ग्रेस इन्टरनेशनल, सुत्र सर्भिसेस, म्याक्सीम्याक्स माइग्रेसन, एभरेष्ट डाइनिँग सेन्टर, सेन्ट्रल अष्ट्रेलियन कलेज, सरोज भट्टराई, डेन्टल हपर्स, एडब्लुटआई, बेटर चोइस लगायतले सहयोग गरेका छन् । यस्तै हङ्ग्री रेष्टुरेन्ट हस्पिटालीटी पार्टनर रहेको छ ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal