eNepal

यसरी मनाईयो मेल्बर्नमा म्ह: पूजा

फरक, सहभागितामूलक, सिर्जनशिल, महिला सशक्तिकरण, समुदाय लाभप्रद जस्ता कार्यक्रमहरुका कारण आफ्नो छुट्टै पहिचान बनाउन सफल दिदी-बहिनी समाज भिक्टोरियाको आइन्ट्री शाखाद्धारा ॐ ध्वनी उच्चारण र हास्य योगसाथ बहु जातिय सकृयता र सहभागितामा म्ह: पूजा सम्पन्न गरेको छ । कार्यक्रममा न त प्रमुख अतिथि थियो, न त आसन ग्रहण गराउने र खादा लगाउने कार्यक्रम नै ।

म्ह: पूजामा आत्मपुजन गरिने भएकोले नेवार समुदायले गरिने गरिएको यो चाडलाई नेवार समुदायमा मात्रै सीमित नगरी अन्य समुदायले पनि गरिनु उपयुक्त हुने र यस्लाई ध्यानसंग पनि जोडिनु उपयुक्त हुने भन्दै गत बर्षदेखि म्ह: पूजा गर्दा ॐ ध्वनी उच्चारण गरी गर्ने गरिएकोमा यो पटकको म्ह: पूजामा बुद्धिज्म लगायत बिभिन्न ११० पुस्तकका लेखक एबं संपादकको भूमिका निर्बाह गरिसकेका डा किशोर बैद्यले हास्य योगको सैद्धान्तिक पक्षको बारेमा बताएर सहभागीहरुलाई हास्य योग गराएका थिए ।

हास्य योग गर्नु अघि दिदी-बहिनी समाज भिक्टोरियाकी उपाध्यक्षले सहभागी सबैलाई आँखा चिम्लेर पहिला लामो लामो स्वास लिन लगाएर ॐ ध्वनी उच्चारण गर्न लगाएका थिए । दिदी-बहिनी समाज भिक्टोरिया वेष्टकी संयोजक रोशनी श्रेष्ठद्धारा कार्यक्रमको शुरुमा म्ह: पूजाको सैद्धान्तिक पक्षमाथि प्रकाश पारिएको थियो । दिदी-बहिनी समाज भिक्टोरियाका अध्यक्ष डा जमुना पराजुलीले संस्थाको एउटा प्रमुख उद्धेस्य सहभागितामूलक तवरबाट संस्कृतिको संरक्षण र सम्बर्द्धन प्राप्ती कार्यको राम्रो उदाहरण बन्न पुगेको म्ह: पूजा कार्यक्रममा नियमित रुपमा सहभागी हुन पाएकोमा आफूलाई गर्ब लागेको बताइन ।

लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले हाम्रो फोक्सोमा करीब एक करोड छिद्रहरु हुने, तर हामीद्धारा प्रायश: छोटो छोटो स्वास लिने गरिनाले करीब चालिस हजार छिद्रहरुले मात्रै काम गर्ने र काम नगरिएर बुझिएका अधिकाधिक छिद्रहरुलाई बिस्तारै खुलाउँदै लैजाने सबैभन्दा राम्रो बिधि प्राणायामकै सहयोगी कार्यको रुपमा हास्य योगलाई लिन सकिने बताए ।

म्ह: पूजा गर्ने सबैलाई ८० बर्षिया दिलमाया श्रेष्ठ (कान्छी) द्धारा टीका लगाइदिने, पूजा गर्ने र घ्वाल्ल गर्ने गरिएको थियो

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal