गैर आवासीय नेपाली सघं (एनआरएनए) अस्ट्रेलिया अन्तर्गत रहेको समाज कल्याण कोषको सहयोगार्थ मेल्बर्नमा विमीन्न मनोरन्जनात्मक कार्यक्रमका साथ फण्ड रेजीङ गाला डिनर सम्पन्न भएको छ।
मेल्बर्नको थोनबरी थिएटरमा गएको शनीबार भएको बिशेष कार्यक्रममा स्थानिय कलाकारहरुले साङ्गितीक प्रस्तुतीहरु दिएका थिए भने तिहारको सङ्घारमा आयोजना गरिएको यस कार्यक्रममा फार वेस्ट्रन नेपाली सोसाइटी अफ भिक्टोरीयाले देउसीभैलो खेलेर माहौललाई तिहारमय बनाएका थिए।
समुदाएसँगको अन्तरक्रिया सहित समाज कल्याण कोष जुटाउन आयोजना गरिएको गाला डिनरबाट $२८००० डलर सङ्कलन भएको र सहयोग रकम आउने क्रम भइ रहेको एनआरएनए युथ संयोजक बवीन मिश्रले जानकारी गराउनु भयो।
कार्यक्रममा राजु पौडेल, गौरव सुनार, सुदूरपश्चिम नेपाली समाज भिक्टोरिया, गुल्मी समाज, सुदीप न्यौपाने, आयुमी तामाङ, राजेश केसी, लक्ष्मण सञ्ज्याल र दीप चन्दलाई सहयोग र सहयोगको लागि विशेष धन्यवाद दिएका थिए।
कार्यक्रममा फण्ड रेजीङ् अक्सन समेत गरिएको थियो जहाँ सिक्का लगाएत नेपालको प्रकृतीछटा झल्काउने पेन्टीङहरु पनि राखिएको थियो।
बढ्दो नेपाली डायस्पोरा र विद्यार्थीहरूको तिब्र आगमनसंगै अष्ट्रेलियाको नेपाली समुदायमा समस्याहरू बढ्दै गएका छन्। कोरोना माहामारी पश्चात मानसिक रोगसंगै अन्य आर्थिक सामाजीक समस्याहरू चुलिदै छन् । यो परीस्थितीलाई मध्यनजर लगाउँदै एनआरएनए अष्ट्रेलियाले समाज कल्याण कोषको शुरुवात गरेको हो।
बिगतको एक बर्षमा मात्रै करीब $७२००० विनियोजन गर्दै ६० भन्दा बढीलाई पिडीतलाई सहयोग गर्न सफल यो कोषमा रकम थप्नुपर्ने अवस्था आएकोले एनआरएनए अस्ट्रेलीयाले अस्ट्रेलीयाका बिभीन्न राज्यमा समाज कल्याण कोष सहयोगार्थ गाला डिनर आयोजना गरिएको कार्यक्रम संयोजक सिद श्रेष्ठले जानकारी गराए। कार्यक्रमलाई भव्य रुपमा सफल बनाउन साथ र सहयोग गर्ने बिभीन्न संघसंस्थाहरु, व्यापार व्यवसायीहरु र स्वमसेवकहरुलाई विशेष धन्यबाद दिनु भएको छ।

