eNepal

मेल्बर्नमा देउसी भैलोको साथ समाज कल्याण कोष फण्ड रेजीङ कार्यक्रम आयोजना हुँदै

गैर आवासीय नेपाली सघं (एनआरएनए) अस्ट्रेलिया अन्तर्गत रहेको समाज कल्याण कोषको सहयोगार्थ मेल्बर्नमा विमीन्न मनोरन्जनात्मक कार्यक्रमका साथ फण्ड रेजीङ गाला डिनर आयोजना हुने भएको छ ।

मेल्बर्नको थोनबरी थिएटरमा आउँदो शनीबार साँझ ६ बजे देखी १० बजे सम्म हुने कार्यक्रममा स्थानिय कलाकारहरुको साङ्गितीक प्रस्तुतीहरु रहने छ। तिहारको सङ्घारमा आयोजना गरिएको यस कार्यक्रममा फार वेस्ट्रन नेपाली सोसाइटी अफ भिक्टोरीयाले देउसीभैलो खेल्ने कार्यक्रम  रहेको छ।

समुदाएसँगको अन्तरक्रिया सहित समाज कल्याण कोष जुटाउन आयोजना गरिएको गाला डिनरको कार्यक्रममा फण्ड रेजीङ् अक्सनको कार्यक्रम पनि समावेश गरिएको एनआरएनए युथ संयोजक बवीन मिश्रले जानकारी गराउनु भयो।

बढ्दो नेपाली डायस्पोरा र विद्यार्थीहरूको तिब्र आगमनसंगै अष्ट्रेलियाको नेपाली समुदायमा समस्याहरू बढ्दै गएका छन्। कोरोना माहामारी पश्चात मानसिक रोगसंगै अन्य आर्थिक सामाजीक समस्याहरू चुलिदै छन् । यो परीस्थितीलाई मध्यनजर लगाउँदै एनआरएनए अष्ट्रेलियाले समाज कल्याण कोषको शुरुवात गरेको हो।

बिगतको एक बर्षमा मात्रै करीब $७२००० विनियोजन गर्दै ६० भन्दा बढीलाई पिडीतलाई  सहयोग गर्न सफल यो कोषमा रकम थप्नुपर्ने अवस्था आएकोले एनआरएनए अस्ट्रेलीयाले अस्टरेलीयाका बिभीन्न राज्यमा समाज कल्याण कोष सहयोगार्थ गाला डिनर आयोजना गर्न लागिएको कार्यक्रम संयोजक सिद श्रेष्ठले जानकारी गराए। 

यो परोपकारी कार्यमा संलग्न भई टिकट लिन यहाँ क्लिक गर्नुहोस्⬇️⬇️

https://www.trybooking.com/events/landing?eid=954404&fbclid=IwAR0JrAlYTVpHVpipPQL65bnf2F8DDPE9pf-Z6UiXSl_IbxfnqtaEIWfgz9w

एनआरएनए अष्ट्रेलियाको सामाजिक कल्याण कोष एक आपतकालीन कोष हो जुन कोषबाट घातक रोग भएका मानिसहरूलाई सहयोग गर्न, अन्त्येष्टिमा सहयोग, मानसिक स्वास्थ्य समस्या भएका विद्यार्थीहरूलाई स्वदेश फिर्ता लगाएतका कार्यमा खर्च गर्दै आएको छ भने यहाँ रहेका नेपाली विद्यार्थीहरुलाई पर्ने विभिन्न आकस्मिक विपत्तिमा तत्काल राहत तथा पुर्नस्थापना गरी उनीहरुलाई चाहिएको बेला आवश्यक सहयोग गर्ने गरेको छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal