eNepal

बाबरी चलचित्रका मुख्य कलाकारका साथमा रेडकार्पेट प्रिमीयर आज मेल्बर्नमा हुँदै

सुरेन्द्र पौडेलको निर्देशनमा बनेको अदिति बुढाथोकी,  धिरज मगर र धिरज नाडकर अभिनीत नेपाली चलचीत्र बाबरीको आज मेल्बर्नको चाईना टाउन सिनेमा हलमा रेड कार्पेट प्रिमीयर हुने भएको छ।

मेभन ईन्टर्टेन्मेन्टसले आयोजना गर्न लागेको प्रिमीएर सोका लागि चलचीत्रका मुख्य कलाकार अदिति बुढाथोकी र धिरज मगर  हिजै मेल्बर्न आइ सकेको मेभन ईन्टर्टेन्मेन्टसका निर्देशक भिक्की श्रेष्ठले जानकारी गराउनु भयो। साथै उहाँले नेपाली चलचीत्रलाई मायाँ गर्ने सबै चलचीत्र प्रेमीहरुलाई सहभागीता जनाउन समेत अनुरोध गर्नु भएको छ।

त्रिकोणात्मक प्रेमकथाको सिनेमामा बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, धुर्व कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशाला गुरुङ, दीलिप गुरुङ, डिचेन्ला वान्ग्मो ठुंगोनको पनि अभिनय छ ।

सिजन दाहाल, मनोज त्रिपाठी, रीत बोहरा र किशोर नेपालको लेखन रहेको सिनेमामा नरेन्द्र मैनालीको छायांकन, अनमोल गुरुङको संगीत र निर्देशक पौडेलको सम्पादन छ ।

बाबरी फिल्म्सको व्यानरमा निर्मित सिनेमामा गणेश बुढाथोकी र पुष्पलता बुढाथोकीको  निर्माण छ ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal