eNepal

ऋचा मेमोरियल क्रिकेट प्रतियोगिता आउँदो आइतबारबाट शुरू हुँदै, आठ टिमले प्रतिस्पर्धा गर्ने

एक्सपर्ट सगरमाथा ब्लुजको आयोजनामा आउँदो आइतबार १६ अक्टुबरबाट ऋचा मेमोरियल क्रिकेट प्रतियोगिता शुरु हुने भएको छ।भिक्टोरीयामा रहेका आठ नेपाली क्रिकेट क्लव बिच हुन लागेको यस प्रतियोगिता सबैभन्दा लामो लिग प्रतियोगिता हो।

एक्सपर्ट सगरमाथा ब्लुज, द हिमालयन क्लव, रोयल राईनोज क्रिकेट क्लब, एभरेस्ट लायोन्स, मेभन क्रिकेट क्लव, फार वेस्ट्रन सोसाइटी अफ भिक्टोरीया, ग्रेस गोर्खाली, ब्राइटन एभरेस्ट युनाइटेड क्रिकेट क्लबले सहभागीता जनाउने यस प्रतियोगिता जे सी डोनाथ रिजर्भ रिजर्भवेरमा हुने छ।

एक्सपर्ट एजुकेसन एण्ड भिषा सर्भिसेजको मुख्य प्रायोजन अनि ब्राईटन कलेज सह प्रायोजक रहेको यस प्रतियोगितामा पहिलो हुने क्लबलाई नगद २५०० अस्ट्रेलीयन डलरको पुरस्कार राशी राखिएको छ भने रनरअपलाई नगद १००० अस्ट्रेलीयन डलरको पुरस्कार राशी सहित ट्रफीको व्यबस्था गरिएको प्रतियोगिताका संयोजक सुदीप न्यौपानेले जानकारी गराउनु भयो।

८ हप्तासम्म चल्ने टी-२० फम्र्याटको प्रतियोगितमा सहभागी टोलीलाई लिक कम नकाउटका आधारमा खेल खेलाइने छ।१६ अक्टुवरबाट शुरु हुने यो प्रतियोगिताको फाईनल खेल भने ४ डिसेम्बरमा हुने छ।

सन् २०१३ मा स्थापना भएको सगरमाथा क्रिकेट क्लवले भिक्टोरीयामा भएका बिभीन्न नेपाली प्रतियोगिताका साथै बहुसाँस्कृतिक समुदाएमा आयोजना भएका प्रतियोगितामा आफुलाई अव्वल साबित गर्दै दर्जनौ जीत हाँसील गरिसकेको छ। सन् २०२० मा एक्सपर्ट एजुकेसन एण्ड भिषा सर्भिसेजसँगको ऐतिहाँसीक सहकार्य पछि सगरमाथा क्रिकेट क्लवको नाम एक्सपर्ट सगरमाथा व्लुजको नामले चिरपरिचत रहेको छ। क्लवले न्याभ कपका साथै भिएनसिए कप समेत हात पारिसकेको छ।

अष्ट्रेलियामा क्यान्सरबाट देहावसान भएकी ऋचा श्रेष्ठको सम्झनामा बिगत केही बर्ष देखी यस प्रतियोगिताको आयोजना हुँदै आएको छ।

ऋचा श्रेष्ठ आयोजक संस्थाका पूर्व अध्यक्ष विवेक श्रेष्ठकी श्रीमती एबम्  नेपाल क्रिकेट संघका पूर्व उपाध्यक्ष नरेश श्रेष्ठकी छोरी अनि नेपाली राष्ट्रिय क्रिकेट खेलाडी युनिल श्रेष्ठ र मन्जित श्रेष्ठकी सहोदर बहिनी हुन् । स्वर्गीय ऋचाको सम्झनामा र बिदेशमा बस्दै आएका नेपाली प्रतिभावान क्रिकेट खेलाडीको खोजी गरी नेपाली क्रिकेटलाई योगदान दिनका निमित्त यो प्रतियोगिताको आयोजना गरीदै आएको हो।

ऋचा स्मृति क्रिकेट प्रतियोगिताको पहिलो उपाधि सगरमाथा क्रिकेट क्लब` ए´ ले उचालेको थियो ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal