eNepal

ग्रेटर जिलोङ नेपाली समुदायको विशेष दशैं कार्यक्रम यस्तो रह्यो (फोटो फिचर सहित)

वडादशैं २०७९ को पावन अवसरमा अष्ट्रेलिया स्थित ग्रेटर जिलोङ नेपाली समुदायद्वारा आयोजना गरिएको “दशैं विशेष” कार्यक्रम हर्षोल्लास पूर्वक सम्पन्न भएको छ ।

कार्यक्रममा ज्येष्ठ सदस्य अभिभावक श्रीमती गीता खरेल उप्रेतीले सहभागीहरुलाई टीका प्रसाद प्रदान गर्नुभएको थियो ।  

अभिभावक भीमबहादुर पुन ज्युले GGNEC का बिबिध गतिविधिहरुमा योगदान पुर्याउने स्वयंसेवक हरुकोलागि प्रसंशा प्रत्र ,उपहार प्रदान गर्नुभयो भने टीका जमरा, बालबालिकाहरुलाई उपहारको ब्यवस्थापन निनु पुन मगर र सबी पुनले गर्नुभएको थियो । 

दिदी-बहिनी समाज जिलोङ शाखाका संयोजक रेणु लम्साल कोइरालाको सक्रिय सहयोगका साथ उपस्थिति थियो ।

संस्थाका सल्लाहकार डा विदुर कफ्लेले कार्यक्रमको सुरुमा स्वागत मन्तब्य र Acknowledgement गर्नुभएको थियो । 

दुर्गा वन्दन पूजा आरतीमा महत्त्वपूर्ण भुमिका आश्मा ज्ञवाली खरेलले गर्नुभएको थियो ।  

संस्थाका संथापक अध्यक्ष डा सन्तोष पाण्डेले कार्यक्रमलाई सफल तुल्याउन योगदान दिने सबैलाई धन्यवाद दिंदै आभार प्रकटका साथै फलफूलमय सहयोग का लागि Oz Fruits लाई  धन्यबाद दिनु भएको थियो।

कार्यक्रमको सन्चालन ज्ञानेन्द्र उप्रेती द्वारा गरिएको थियो।वहाँले सामाजिक क्रियाकलापका साथै बालबालिकाको केन्द्रित लागि रमाइलो खेलको पनि सन्चालन गर्नुभएको थियो ।

 

 

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal