eNepal

मेल्बर्न निवासी विश्व गौडेलको केशरीको चर्चा बजारमा

लामो समय देखी अस्ट्रेलीयाको मेल्बर्नमा बस्दै आएका  व्यवसायी एवम् समाजसेवी विश्व गौडेलले सुनरीमै, ऐंसेलुको काँडाको, मुना तिमी घर आउ बोलको अपार सफलता पछि केशरी बोलको गीत लिएर साङ्गितीक बजारमा आएका छन्। 

ब्लेक ब्रोज इन्टरटेनमेन्टको प्रस्तुतिमा रहेको केशरीमा लोकप्रिय गायक बिष्णु भट्ट र नेपाल आइडल दोश्रो संस्करणको फाइनलिस्ट अस्मिता अधिकारीको आवाज रहेको छ भने गितमा संगित बिष्णु भट्टकै रहेको छ । 

ब्लेक ब्रोज इन्टरमेन्टबाट सार्वजनिक भएको गीतको भिडियोमा प्रकाश सपूत र सृष्टी खड्काको अभिनय रहेको छ ।

यस गीतको भिडियोलाई ऋषि राज आचार्यले निर्देशन तथा महेश्वर आचार्य,रितु आचार्य र राजेन्द्र खातीले सह-निर्देशन गरेका छ्न । गीतको भिडियोले अहिलेको वास्तविक समयलाई चित्रण गरेको छ ।

भिडियोमा मोहन कुमारको छयांकन, अनिलकुमार मानन्धरको सम्पादन तथा सियोन श्रेष्ठको कोरियोग्राफी रहेको छ । यस गीतलाई मिक्सिङ र मास्टरिङ र एरेन्ज श्याम श्वेत रसाइलीले गरेका हुन भने पृज्मा स्टुडियोमा रेकर्ड भएको हो ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal