नेपाली हिन्दु समाज अष्ट्रेलियाले अष्ट्रेलियाका बिभीन्न राज्यमा बसोबास गर्ने नेपालीहरुका लागि घटस्थापना र दशैंको टीका लगाउने उत्तम साइत तयार पारेको छ ।
मेल्बर्नको समय अनुसार घटस्थापनाको शुभ साइत २६ सेप्टेम्बर बिहान ७:५८ बजे रहेको छ भने विजया दशमीको शुभ साइत ५ अक्टुबर बुधबार विहान १०: ५५ निर्धारण गरिएको छ। सिड्नीमा घटस्थापनाको शुभ साइत बिहान ७ः५३ बजे रहेको छ भने ५ अक्टोबरको दिन विजया दशमीको साइत विहान १०: ४१ निर्धारण गरिएको छ।
त्यस्तै ब्रिसबेनमा घटस्थापनाको शुभ साइत बिहान ५:४८ बजे रहेको छ भने ५ अक्टोबरको दिन विजया दशमीको साइत विहान ११: ०५ निर्धारण गरिएको छ भने एडिलेडमा घटस्थापनाको शुभ साइत बिहान ७:२३ बजे रहेको छ भने ५ अक्टोबरको दिन विजया दशमीको साइत विहान ११: २५ निर्धारण गरिएको छ।
क्यानबेरामा घटस्थापनाको शुभ साइत बिहान ७:५३ बजे रहेको छ भने ५ अक्टोबरको दिन विजया दशमीको साइत विहान ११: २५ निर्धारण गरिएको छ।तास्मानियामा घटस्थापनाको शुभ साइत बिहान ७:३८ बजे रहेको छ भने ५ अक्टोबरको दिन विजया दशमीको साइत विहान १०: २१ निर्धारण गरिएको छ।
पर्थमा घटस्थापनाको शुभ साइत बिहान ६:४४ बजे रहेको छ भने ५ अक्टोबरको दिन विजया दशमीको साइत विहान ११: २७ रहेको छ भने डार्बीनमा घटस्थापनाको शुभ साइत बिहान ८:१६ बजे रहेको छ भने ५ अक्टोबरको दिन विजया दशमीको साइत विहान १०: ०६ निर्धारण गरिएको छ।
अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपाल बाहिरका देशमा बसोबास गर्ने नेपालीहरुका लागि पनि दशैंको टीका लगाउने उत्तम साइत तयार पारेको हो। भारतको दिल्लीमा ५ अक्टोबरको दिन बिहान १० बजेर ४५ मिनेटमा टीकाको उत्तम साइत निर्धारण गरिएको छ ।


