eNepal

क्यानवेरामा चौथो नेपाल एम्बासी कप सम्पन्न, मेल्बर्नको युनाईटेड फुटवल क्लव विजयी

अष्टे्लीयाको राजधानी क्यानवेरामा “क्यानवेरा नेप्लिज फुटबल क्लबको आयोजनामा  ” चौथो S&S र Right & Associates नेपाल एम्बासी कप २०२२” क्यानवेराको अष्ट्रेलीयन इंस्टीट्यूट अफ स्पोर्ट्स (AIS) को फुटबल मैदानमा १७ सेप्टेम्वरमा  सम्पन्न भएको थियो ।

उक्त फुटबल खेलमा युनाईटेड फुटवल क्लवले सेन्ट जर्ज नेपाली फुटवल क्लवलाई हराउँदै प्रतियोगितामा जीत हासिल गरेको थियो।विजय हासिल गर्ने क्लवले नगद अष्ट्रेलियन डलर ४००० सहित शिल्ड तथा मेडल प्राप्त गरेको छ भने उपविजेता सेन्ट जर्ज नेपाली फुटवल क्लवले नगद अष्ट्रेलियन डलर २००० सहित शिल्ड तथा मेडल प्राप्त गरेको थियो। फेयर प्ले टिम भने खुकुरी एफसी हुन सफल भएको थियो।

 लिग कम नकआउटको आधारमा खेलीएको एकदिवसीय प्रतियोगिता अवधिभरका आधारमा उत्कृष्ट डिफेन्डर सेन्ट जर्ज नेपाली क्लबका शिव गिरी घोषित भए भने उत्कृष्ट मिडफिल्डरमा युनाइटेड एफसी मेलबर्नका सन्तोष तामाङ बन्न सफल भए।

त्यस्तै उत्कृष्ट किपरमा युएफसीबाट विवेक अधिकारी, सर्वोउत्कृष्ट गोलकर्ता र उत्कृष्ट खेलाडी युएफसीबाट दर्शन गुरुङ घोषित गरिएका थिए।

प्रतियोगिताको  समापन समारोहका प्रमुख अतिथि अष्ट्रेलिया स्थित नेपाली राजदुताबासबाट कैलास राज पोखरेल हुनुहुन्थ्यो भने अध्यक्षता आयोजक क्लबका अध्यक्ष सुरज पौडेलले गर्नुभएको थियो। 

कार्यक्रममा प्राविधिक तथा व्यवस्थापनको भूमिका क्लबका पूर्व अध्यक्ष आशिष सापकोटाले गर्नुभएको थियो भने कार्यक्रम अवधिभर स्वयंसेवक भुमिका क्लवका चुडामनी सापकोटा,  सुलभ पोख्रेल, नवीन दाहाल, भविन्द्र तिलिजा लगायतका समुदायका सदस्यहरुले निर्वाह गर्नुभएको थियो।

कार्यक्रमको अन्य व्यवस्थापनको भूमिका क्लबका सचिव प्रधुम्न दाहाल गर्नुभ‌एको थियो।

 

 

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal