eNepal

एनआरएनए समाज कल्याण कोषको सहयोगार्थ मेल्बर्नमा विशेष कार्यक्रम हुने

गैर आवासीय नेपाली सघं (एनआरएनए) अस्ट्रेलिया अन्तर्गत रहेको समाज कल्याण कोषको सहयोगार्थ मेल्बर्नमा विशेष कार्यक्रम हुने भएको छ ।

आउँदो अक्टुवर २२ मा मेल्बर्नको थोनबरी थिएटरमा साँझ ६ बजे देखी १० बजे सम्म समुदाएसँगको अन्तरक्रिया कार्यक्रम सहित समाज कल्याण कोष जुटाउन गाला डिनरको कार्यक्रम आयोजना गरिएको छ ।

कार्यक्रमलाई थप मनोरन्जनात्मक बनाउने उद्देश्यका साथ नेपालको रियालिटी सो मध्यको लोकप्रीय सो कमेडी च्याम्पियन सिजन २ का विजेता भरतमणी पौडेलको बिशेष प्रदर्शन रहने छ।

बढ्दो नेपाली डायस्पोरा र विद्यार्थीहरूको तिब्र आगमनसंगै अष्ट्रेलियाको नेपाली समुदायमा समस्याहरू बढ्दै गएका छन्। कोरोना माहामारी पश्चात मानसिक रोगसंगै अन्य आर्थिक सामाजीक समस्याहरू चुलिदै छन् । यो परीस्थितीलाई मध्यनजर लगाउँदै एनआरएनए अष्ट्रेलियाले समाज कल्याण कोषको शुरुवात गरेको हो।

बिगतको एक बर्षमा मात्रै करीब $७२००० विनियोजन गर्दै ६० भन्दा बढीलाई पिडीतलाई  सहयोग गर्न सफल यो कोषमा रकम थप्नुपर्ने अवस्था आएकोले एनआरएनए अस्ट्रेलीयाले अस्टरेलीयाका बिभीन्न राज्यमा समाज कल्याण कोष सहयोगार्थ गाला डिनर आयोजना गर्न लागिएको कार्यक्रम संयोजक सिद श्रेष्ठले जानकारी गराए। 

यो परोपकारी कार्यमा संलग्न भई टिकट लिन यहाँ क्लिक गर्नुहोस्⬇️⬇️

https://www.trybooking.com/events/landing?eid=954404&fbclid=IwAR2Nbv8oDzgJ1Z6T5COIjJXX3N9glIgRKQ2nlJ_hWyJDjiOvPlo0R4vw6QA

एनआरएनए अष्ट्रेलियाको सामाजिक कल्याण कोष एक आपतकालीन कोष हो जुन कोषबाट घातक रोग भएका मानिसहरूलाई सहयोग गर्न, अन्त्येष्टिमा सहयोग, मानसिक स्वास्थ्य समस्या भएका विद्यार्थीहरूलाई स्वदेश फिर्ता लगाएतका कार्यमा खर्च गर्दै आएको छ भने यहाँ रहेका नेपाली विद्यार्थीहरुलाई पर्ने विभिन्न आकस्मिक विपत्तिमा तत्काल राहत तथा पुर्नस्थापना गरी उनीहरुलाई चाहिएको बेला आवश्यक सहयोग गर्ने गरेको छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal