अस्ट्रेलियन एजुकेशन कन्सलट्यान्ट्स एलाइन्स (एक्का)को अध्यक्षमा रामचन्द्र पौड्याल सर्वसम्मत चयन भएका छन् ।गत शुक्रवार सम्पन्न छैठौँ अधिवेशनले ग्रेस ईन्टरनेशनलका फाउण्डर रामचन्द्र पौड्यालको अध्यक्षतामा २ वर्षका लागि नयाँ नेतृत्व चयन गरेको हो ।
अध्यक्षमा ४ जनाको दाबी रहेपनि २ जनाको मात्रै उम्मेदवारी दर्ता भएको थियो । तर अन्तिममा अध्यक्षमा दाबी सहित परेको उम्मेदवारी सहमती सहित फिर्ता भएपछि पौड्याल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

नवगठित समितिको उपाध्यक्षमा कोमल राज पाठक, योगेन्द्र पौडेल, सूर्यभक्त खनाल चयन भएका छन् । त्यस्तै गरि सचिवमा दिनेश खनाल, सहसचिवमा भुवन पाण्डे, सेक्रेटरीमा सत्यप्रकाश कडेंल र सदस्यहरूमा सुमन अधिकारी, राम चालिसे र सृष्टि शाह चयन भएका छन् ।बाँकी रहेका कार्यसमिति संस्थाको पहिलो बैठकबाट चयन हुनेछन् ।
अध्यक्षमा निर्वाचित भएसँगै पौडेलले आफूमाथि विश्वास गरेकोमा सबै एक्काका सदस्यहरूलाई धन्यवाद दिदै शैक्षिक क्षेत्रलाई थप भरपर्दो, सम्मानजनक र व्यावसायिक बनाउन हाम्रो समुदायका सबै मूल्यवान सरोकारवालाहरूसँग मिलेर काम गर्ने बताए।
उनले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा समन्वय गरेर अगाडी बढ्ने र नेपाली तथा अस्ट्रेलियामा रहेका अन्य सघंसंस्थाबीच समन्वयकारी भुमिका निर्वाह गरी एजुकेशन र माईग्रेशन दुबै पक्षलाई अगाडी बढाउँदै लैजाने जानकारी गराए। उनले नेपाल र अस्ट्रेलियाबीचको सम्बन्ध सुधारका लागि समेत काम गर्दै विद्यार्थीहरुका तमाम समस्या समाधान गर्न सदैव प्रतिबद्ध रहने बताए ।
साधारण सभामा विशेष ज्ञान, सीप र अनुभव भएका विभिन्न वक्ताहरूको उपस्थिती रह्को थियो। कार्यक्रममा हन्टर फ्लडकी वकिल किम हन्टर, क्वान्टम कानून समूहबाट जिले यू र जुस्टिनको उपस्थिती रहेको थियो।
वार्षिक साधारण सभामा इन्टरनेशनल स्टुडेन्ट एजुकेशन एजेन्ट्स एसोसिएसन (ISEAA) र अस्ट्रेलियन एजुकेशन कन्सलट्यान्ट्स एलाइन्स (एक्का) का प्रतिनिधिहरूले नेपाली अन्तर्राष्ट्रिय विद्यार्थीहरूको पारस्परिक हित र उच्चतम् कल्याणको लागि भविष्यमा सहकार्य गर्न सहमत भएका थिए।
सत्रलाई नेपाली मूलका युवा उदारवादी नेता प्रमेज श्रेष्ठ, जर्जस रिभर काउन्सिलका निक स्मर्डेली र पार्लियामेन्टकी सदस्य वेन्डी एलिजाबेथ लिन्डसेले सम्बोधन गरेका थिए।
पूर्व अध्यक्ष भुपाल सिटौलाले आफुलाई आफ्नो कार्यकाल सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गरे ।
सोही दिन नवनिर्वाचित समितिको पहिलो बैठक बसेको थियो।बैठकले जनसम्पर्क अधिकृतमा श्राम चालिसे र संस्थाको प्रवक्तामा सुश्री सृष्टि शाहलाई नियुक्त गरेको थियो ।
निर्वाचन आयोगका पूर्वअध्यक्ष निरज श्रेष्ठको संयोजकत्वमा सदस्य भरतमणि देवकोटा र शरद भुसाल रहेका थिए । निर्वाचित समितिलाई श्रेष्ठले सपथ ग्रहण गराएका थिए।
२०१२ मा स्थापना भएको संस्थाको संस्थापक अध्यक्ष विवेक थापा हुन् । अस्टेलियामा रहेका एजुकेशन कन्सल्टेन्सीहरुलाई एकताबद्ध गर्दै आचारसहिंता र अन्य विविध सहयोगीको रुपमा काम गर्दै आईरहेको छ ।

