यो बर्ष हुन लागेको नेपाल प्रीमियर लिग क्रीकेटका लागि एनआरएनए क्रीकेट टिमका तिन खेलाडीहरु सुनाम गौतम् (कप्तान), पृथु बास्कोटा (उप्-कप्तान) र सागर पुन (अल राउण्डर) छनोट भएका छन्।
हाल काठमाडौंको मुलपानीमा भएको नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा सहभागीता जनाउन नेपाल गएको एनआरएनए क्रीकेट टिमले सेमीफाइनलमा नेपाल पुलीससँग आज भिड्दैछ।

एनआरएनए क्रीकेट टिममा अस्ट्रेलीयाबाट सुनम गौतम, बासु गिरी, रशिम कँडेल, दिपक क्षेत्री, आशिष पोखरेल र सन्दिप अधिकारी रहेका छन्।
नेस्नल युथ फोरमको संयोजनमा कप्तान सुनम गौतम र एनआरएनए युथ संयोजक बवीन मिश्रको सक्रिय संलग्नतामा खेलाडीहरुले यो अबसर पाएका हुन्। नवौं राष्ट्रिय खेलकुदमा विभिन्न विधामा थप खेलाडी सहभागी हुने प्रक्रियामा रहेको युथ संयोजक बवीन मिश्रले जानकारी गराए।

