eNepal

दिदीबहिनी समाज जिलोङ शाखाद्धारा आयोजीत पहिलो तीज कार्यक्रम भव्यताका साथ सम्पन्न

महिला सशक्तिकरण एबं विगत ६ वर्षदेखि मेलबर्नको तीज कार्यक्रमबाट संकलित रकम नेपालको मध्य-पश्चिम क्षेत्रका यौन–घरेलु हिंसामा परेका महिलाहरूको सहयोगका लागि काम गर्दै आएको दिदी–बहिनी समाज भिक्टोरियाको जिलोङ शाखाले बिभिन्न रोचक खेलहरु सहित पहिलो कार्यक्रम सम्पन्न गरेको छ । 

कार्यक्रममा बिभिन्न किसिमका रोचक खेलहरुमा बिजयी, नेपालको मध्य-पश्चिम क्षेत्रका यौन–घरेलु हिंसामा परेका महिलाहरूको सहयोगार्थ आयोजित मेलबर्नको तीज कार्यक्रममा नाच्नेहरु र कार्यक्रम आयोजना गर्न सकृय सदस्यहरुलाई दिदी–बहिनी समाज भिक्टोरिया र लुम्बिनी-कपिलवस्तु विस्व अभियानका तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो । 

खेलहरुतर्फ बिजयी पुष्पा, निलम, रेनु, कृति, रेखा, आश्मा र सम्झना ; दिदी–बहिनी समाज भिक्टोरियाद्धारा नेपालको मध्य-पश्चिम क्षेत्रका यौन–घरेलु हिंसामा परेका महिलाहरूको सहयोगका लागि अर्थ संकलनका लागि नाच्न सहभागी हुनेहरु रेखा, सलिना, मालती, प्रतिभा, रेनु, आश्मा, अन्जली र फिजिकल र कार्यक्रम आयोजना गर्न संयोजनकारी भूमिका निर्बाह गर्ने रेनु र निनुलाई लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठ, दिदी–बहिनी समाज भिक्टोरियाकी उपाध्यक्ष प्रभा श्रेष्ठ, कार्यक्रममा उपस्थित हुने अभिभावकहरु माया खरेल, रामकान्त खरेल, गंगा अर्याल सुबेदी र सुदिप प्रसाद सुवेदीहरुद्धारा मायाको चिनो प्रदान गरिएको थियो ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal