eNepal

लघू चलचित्र “अकारण” फस्ट लुक रिलिज र विशेष प्रदर्शनको घोषणा

अष्ट्रेलियाको होबार्ट शहरमा एक विशेष पत्रकार सम्मेलनमार्फत लघु चलचित्र अकारणको पोष्टरहरू सार्वजनिक गरिएको छ। 

आज गरिएको पत्रकार सम्मेलन मार्फत होबार्ट शहरस्थित वाईड एंगल सिनेमा हलमा आगामी १६ सेप्टेम्बरमा सो चलचित्रको विशेष प्रदर्शन गरिने जानकारी दिइएको थियो। 

उक्त कार्यक्रममा चलचित्रका मुख्य कलाकार निखिला बुढाथोकी, क्यामेराम्यान श्रीराम अर्याल र चलचित्र निर्देशक एम एस अग्रजको उपस्थिति रहेको थियो। 

कार्यक्रममा समाजसेवी एवम् एनआरएनए तास्मानियाका संयोजक राकेश शाक्य, समाजसेवी पुनम पन्तले चलचित्रको सफलताको शुभकामना दिनुभएको थियो। कार्यक्रमको सञ्चालन विष्णु सापकोटाले गर्नुभएको थियो। 

यस चलचित्रले घरेलु हिंसापिडित महिलाको मानसिक अवस्थाको चित्रण गरेको छ।

चलचित्रको प्रस्तुतीः विचित्र फिल्मसले गरेको छ भने सहप्रस्तुती गुड जब आर्टसको रहेको छ।चलचीत्रको कथा एबम् निर्देशन एम एस अग्रजले गरेका हुन् भने पटकथा/ सम्वाद/ निर्माता केशव पाण्डे रहेका छन्।निर्माण व्यवस्थापन सरोज शर्माको रहेको छ भने चलचित्रलाई श्रीराम अर्यालले छाँयांकन गरेका हुन्।

चलचित्रमा पार्श्व संगीत शैलेश श्रेष्ठको रहेको छ भने श्रृंगार सुनिल पराजुलीको रहेको छ।प्रचार सामग्री/ पोष्टर डिजाइन महेश श्रेष्ठले गरेका छन्।

चलचित्रमा कलाकारहरु निखिला बुढाथोकी, कुशल आचार्य, सामु उप्रेती र सुनिल पराजुलीको अभिनय रहेको छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal